लघु चलचित्र ‘लेडी भाईरस’ (हेर्नुस् भिडियो)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं । नारी संसारको सबैभन्दा महत्वपूर्ण हुन्छिन् । नारी धरती हुन् देवी सरस्वती हुन् । हाम्रो समाजमा भाउजुलाई आमा समान मान्छौं तर सबै भाउजु आमा समान बन्न सक्दैनन् । आफ्नै घर भत्काउने वा पारिवारिक सम्बन्धमा नकारात्मक बाटो रोज्ने काममा नारीको महत्वपूर्ण हात हुन जान्छ । पारिवार भित्र देवर भाउजुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा यो छाटो चलचित्रले प्रष्ट पारेको छ । यहि आमाको विषयलाई समेटेर एउटा लघु चलचित्र ‘लेडी भाईरस’ बनाइएको छ । भाउजु पनि आमा जस्तै हो अनि सौतने सन्तान पनि पराई होइनन् ।
कोख फरक भएपनि रगत एउटै हो । जन्मँदैमा कोही पनि आफ्नो खुशीले कोख रोजेर जन्मिएको हुँदैन । यस्तै सन्देश बोकेको छ, ‘लेडी भाईरस’ ले । त्यस्तै भाउजु भएपछि देवर नन्दलाई आमा बनेर माया दिनु पर्दछ । अपमान र घृणा होइन । यहि सेरोफेरोमा घुमेको छ, लघु चलचित्र ‘लेडी भाईरस’ । लघु चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका हुन् भने लेखन पनि ‘घायल’कै रहेको छ । ‘लेडी भाईरस’लाई राम शरण उप्रेतिले खिचेका हुन् भने, युवराज खत्रीको सम्पादन रहेको छ । चलचित्रमा दिनेश थापा, राज यादव र रचना रायमाझीको अभिनय रहेको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment