मोदीले भने–नेपालीको जागरुकता र विवेकको सम्मान गर्छु

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले नेपाली जनताको जागरुकता र विवेकको सधै सम्मान गर्ने बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीसँग हैदराबादमा शनिवार भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने–‘म नेपाली जनताको आशा, आकंक्षा र उनीहरुको जागरुकता र विवेकको पनि सम्मान गर्न चाहान्छु।’

मोदीले नेपाल र भारतको सम्बन्ध जहिले पनि घनिष्ट नै रहेको दावी गरे। उनले हिमालयको अखण्डता र गंगाको पवित्रता दुई देशबीचको सशक्त सम्बन्धको साक्षी रहेको बताए।

मोदीले दिबंगत भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्तसमेत गरे। मोदीले नेपाल भारत मित्रतामा कोइरालाले पुर्याएको योगदानको सधै भारतले स्मरण गरिरहने उल्लेख गरे।





भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment