भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नेपाली फुबटबलमा म्याच–फिक्सिङको जालोको सफल अनुसन्धान गरेका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाललाई २१ किलो मालासहित सम्मान गरिएको छ । क्याथफोर्ड इन्जिनियरिङ कलेज बालकुमारीले म्याच–फिक्सिङको जालो तोड्न सफल अनुसन्धान गरेको भन्दै खनाललाई सम्मान गरेको हो ।
कलेजका अध्यक्ष सुमन कटुवालले २३ वर्षपछि नेपाली फुटबल खेलाडीले स्वर्ण पदक दिलाउनुमा अप्रत्यक्षरुपमा एसएसपी खनालको महत्पूर्ण योगदान भएको बताए । ‘सफल अनुसन्धानले तत्काल परिणाम दिन्छ । प्रहरीले निस्पक्ष हिसाबले अनुसन्धान गर्नपर्छ,’ उनले भने, ‘जनताको न्यायको भरोसा निकाय नै प्रहरी संगठन हो, ।’ नेविसंघ कलेज इकाईका अध्यक्ष आदर्श मल्लले एसएसपी खनालबाट आउँदो पुस्ताले पाठ सिक्नुपर्ने बताए । ‘उहाँ सक्षम प्रहरी हो, त्यसकारण प्रत्येक युवाले संघर्ष र सफलताको पाठ सिक्नु पर्छ,’ उनले भने ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgO0Hcd1odvgkqTqrHieIQYAasoXvSEDdhCmlyj962bnRGZ5IRiKVmjSY8FR_2XkF0tAspJd0XPALpGOcNW6tdyqeTwcinnYDQHhjc1ArR9M3gC6cWuqsWI2CePz_aH22V7nqv5BBz9Yr4/s640/29022016024557SSP-Khanal-1000x0.jpg)
जित कार्यक्रममा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। सुशील कोइराला स्मृति कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा एसएसपी खनाललाई सम्मान गरिएको हो ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment