महावीर पुनको सल्लाह मानेको भए हिजो तारा एयर को प्लेन दुर्घट्ना हुदैन थ्यो | को हुन् महावीर ?

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस








पोखराबाट जोमसोम तर्फ उडेको तारा एयरको बिमान बुधबार बिहान दुर्घटना भएर २३ जनाको ज्यान गएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो कम्पनीले उपलब्ध गराएको प्रबिधि प्रयोग गरेको भए सो रुटमा हवाई यात्रा बढी सुरक्षित रहने बताएका छन्।
२९०० मिटरको उचाइमा रहेको मुस्तांगको लार्क्यु डाँडा र ३६०० मिटरको उचाइमा रहेको म्याग्दीको खोप्रा डाँडामा उनको संस्थाले सन् २०१० स्थापना गरेको जलवायु स्टेशनबाट छिनभरमा परिवर्तन भैरहने मौसमबारे विमानस्थल र पाइलटले जानकारी पाउन सक्ने उनको भनाइ छ।
‘ती उपकरणहरुबाट इन्टरनेट मार्फत फ्लाईट रुटको रियल टाइम भिडियो र मौसम सम्वन्धी जानकारी लिन सकिन्थ्यो। त्यसको लागि एआइटी र एक्यापबाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन।’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् – ‘ती उपकरणहरू चलाउनुहोस् भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएका पनि थियौ, तर त्यसको उपयोग गरेनन्। तीन बर्ष पछि ति उपकरणहरुले सम्भार नभएका कारण काम नै गर्न छोडे।’
चाँडो परिवर्तन हुने मौसम र भौगोलिक अवस्था नै उक्त रुटमा बिमान दुर्घटना हुने प्रमुख कारण मानिन्छ ल ३६०० मिटरको उचाइमा रहेको म्याग्दीको खोप्रा डाँडामा रहेको स्टेशन मुनिबाट नै प्लेनहरु उडने गर्छन्। डाँडाहरु विच २ किलोमिटर चौडाई भएको बाटो बाट जहाज उडने र त्यहाँ मौसम चाँडो परिवर्तन हुने हुनाले त्यस ठाउँमा दुर्घटनाको अधिक सम्भावना रहेको पुनको भनाइ छ।
उक्त उपकरणहरु फिनल्याण्डको विश्वविख्यात वैशाली भन्ने कम्पनिको उत्पादन भएकोकारण नेपाल वायरलेसको स्टेशनको सुचना हवाइ सेवाको सुरक्षाका निम्ति महत्वपूर्ण हुने पुनको दावी छ।नेपालमा हवाई क्षेत्रमा काम गर्ने कर्मचारीहरु लापरवाह र निस्कृय रहने गरेको आरोप पनि उनले लगाएका छन्। आफ्नो संस्था नेपाल वायरलेसले हवाइ यात्रा सुरक्षाका निम्ति सित्तैमा नयाँ प्रविधिहरु उपलब्ध गराउँदा पनि नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले कुनै चासो नदिएको उनको भनाइ छ।
‘म आँफै गएर बैठक समेत गरें। सामानहरु एआइटि बैंककको सहयोगमा आउने हो, यता भन्सार छुटाउनु भन्दा पनि उहाँहरु तयार हुनुभएन,’ उनले सेतोपाटीसँग कुरा गर्दै भने, ‘सित्तैमा सुविधा पाउँदा पनि उहाँहरूले कुनै चासो देखाउनु भएन।’ यसलाई पुनले पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको ‘लापरबाही र निस्कृयताको उदाहरण’ भनेका छन्।


 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment