भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

एन्फाका अनुसार पछिल्लो समय भएका १९ वर्षमुनिको साफ, बंगबन्धु गोल्डकप तथा १२ औं सागको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई स्पेनिस क्लब मार्बेल्लाले बोलाएको हो । स्पेनिस क्लब मार्बेल्लाले १९ वर्षमुनिको टोलिका कप्तान मगरसँग तत्काल सम्झौता गर्न चाहेको छ ।
यस्तै अन्नत र अन्जनलाई आफ्ना अरु खेलाडीसँग दुई महिना प्रशिक्षण दिन चाहेको एन्फाले जनाएको छ । तीन खेलाडी फागुन २२ देखि आउँदो वैशाख १८ गतेसम्म स्पेनमा रहने छन् ।
मार्बेल्लो फागुन ३० देखि चैत १८ गतेसम्म विभिन्न मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड जाने र त्यसमा नेपाली तीन खेलाडी पनि सँगै जाने छन् । नेपाली खेलाडीले पाउने सेवा सुविधाका बारेमा भने केही उल्लेख गरिएको छैन ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment