बिमल, अनन्त र अन्जनलाई स्पेनिस क्लबले बोलायो

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

बिमल, अनन्त र अन्जनलाई स्पेनिस क्लबले बोलायो

नेपाली राष्ट्रिय फुटबल टोलीका तीन युवा खेलाडीलाई स्पेनको एक क्लबले बोलाएको छ । १९ वर्षमुनिको राष्ट्रिय टोलीका कप्तान बिमल घर्तिमगर, अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनको दोस्रो श्रेणीको क्लब मार्बेल्लाले बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाका अनुसार पछिल्लो समय भएका १९ वर्षमुनिको साफ, बंगबन्धु गोल्डकप तथा १२ औं सागको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई स्पेनिस क्लब मार्बेल्लाले बोलाएको हो । स्पेनिस क्लब मार्बेल्लाले १९ वर्षमुनिको टोलिका कप्तान मगरसँग तत्काल सम्झौता गर्न चाहेको छ ।

यस्तै अन्नत र अन्जनलाई आफ्ना अरु खेलाडीसँग दुई महिना प्रशिक्षण दिन चाहेको एन्फाले जनाएको छ । तीन खेलाडी फागुन २२ देखि आउँदो वैशाख १८ गतेसम्म स्पेनमा रहने छन् ।

मार्बेल्लो फागुन ३० देखि चैत १८ गतेसम्म विभिन्न मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड जाने र त्यसमा नेपाली तीन खेलाडी पनि सँगै जाने छन् । नेपाली खेलाडीले पाउने सेवा सुविधाका बारेमा भने केही उल्लेख गरिएको छैन ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment