आफु मरेर अरुलाई बचाउने सपुतको दागवत्ती दिँदै बाबुले भने-'तिमीलाई अग्नीले पोल्यो कि बाबु'

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं । काष्ठमण्डप एयरको जहाज कालिकोटमा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा ज्यान गुमाउने विमान चालक दिनेश न्यौपानेको आइतबार बाँकेको कम्दिस्थित राप्ती नदीको सिधिनियाघाटमा अन्तिम संस्कार गरिएको छ ।




आफु मरेर ९ जना यात्रुलाई बचाएका दिनेशको शवमा ६२ वर्षे पिता मानदत्तले दागबत्ती दिएका थिए । दिनेशका पिता मानदत्तले चितामा दागबत्ती दिनेक्रममा 'बाबु तिमीलाई पोल्यो की’ भन्दै पटक–पटक भक्कानिएपछि मलामी सबैका आँखामा आँसु बगेका थिए ।

अन्तिम विदाईका क्रममा मलामीहरुले यात्रुलाई बचाउनका लागि आफ्नो ज्यान गुमाउने विमानचालक दिनेश अमर रहनु भन्दै नारा पनि लगाएका थिए ।


दिनेशको अन्तिम विदाईका लागि परिवारका सदस्य छिमेकीसहित सर्वसाधारणहरु सिधनियाघाटमा पुगेका थिए ।

अरुलाई बचाएर आफ्नो ज्यान गुमाउने दिनेशको अन्तिम संस्कारमा सरकारी प्रतिनिधिको उपस्थिती नभएको भन्दै मलामीहरुले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् ।

दिनेशलाई साहसको सम्मान गर्दै मरणोपरान्तम राज्यले सम्मान दिनुपर्ने माग मलामीको थियो । पोष्टमार्टमका लागि शनिबार काठमाडौं लगिएको दिनेशको शव आइतबार गृहनगर नेपालगञ्ज ल्याइएको हो ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा शुक्रबार चालक न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment