मोदीलाई आफ्नै जनताले गरे नाकाबन्दी,पानी अभावका कारण दिल्लीका स्कुल बन्द

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं । हरियाणाका जनताले नाकाबन्दी लगाउँदा दिल्लीमा पानीको संकट चुलिएको छ । केही दिनदेखि आरक्षणको मागसहित जारी आन्दोलनले भारतीय राजधानी दिल्लीमा पानीको संकट चुलिएको हो ।

पछिल्लो दुई दिनदेखि जाट आन्दोलनकारीले मुनक नहरलाई बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार हुन थालेको हो । यो आन्दोलनका कारण दिल्लीमा पानीको संकट चुलिएको दिल्ली सरकारले नै पुष्टि गरेको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले पानीको संकट गहिरिएको जानकारी दिएका छन् । हरियाणामा आन्दोलनका कारण दुई दिनदेखि दिल्लीमा पानी आपूर्ति ठप्प छ । यो आन्दोलनले ट्रिटमेन्ट प्लान्ट्समा पानी करिब सकिएको छ । पानीकै अभावले सोमबारका लागि दिल्लीका सबै स्कुल बन्द भएका छन्।

पानीको अभाव भएपछि आपूर्तिका लागि आफूले केन्द्रीय सरकारसँग सहयोग मागेको उनले बताएका छन् ।
हामीले गृहमन्त्री राजनाथ सिंह र हरियाणाका मुख्यमन्त्रीसँग सम्पर्क गरेर सेनाक मद्दतबाट मुनक नहरमा पानी छोडाउन प्रयास गरिरहेका छौुं, उनले भने, तर नहरबाट पानी आएर पनि ट्रिटमेन्टमा २४ घन्टाको समय लाग्नेछ । दिल्लीवालालाई पानीको कम भन्दा कम प्रयोग गर्न अपिल गर्दछु ।










भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment