आफ्ना फ्यानलाई यसरि बबरमहल तानिरहेछन् नारायण गोपाल (भिडियो सहित) -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





मिडिया एनपी, काठमाडौं, ११ फागुन । मान्छेले उसको जीवनमा गरेको कर्मले मरेपछि पनि जीवत बनाउ छ । मृत्युको केहि वर्ष मात्रै होईन वर्षौ वर्षसम्म पनि सम्झिरहन्छन् पछिल्लो पीडिले । यस्तै आजको पुस्ताले देख्न नपाएको त प्यारो बनेको एउटा पात्र हुन स्वर सम्राट नारायण गोपाल । २०४७ पछिका सन्ततीले देख्नै नपाएका नारायण गोपाल तिनै पुस्ताका पनि लोकप्रिय गायक बनेका छन् र गुञ्जिएका छन् उनीहरुका कानमा । उनीसँगै सहयात्रा गरेकाहरुसँग त उनका स्मृत हुने नै भए । तर, जसले उनलाई देख्ने मौका पाएनन् तिनीहरुले पनि एक खालको तस्विर बनाएर मनमा राखेका छन् नारायण गोपाललाई ।

तिनै नारायण गोपाल हिजोआज तस्विरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भेटिन्छन् । उनलाई हेर्न उनका उल्लेख्य फ्यानहरु त्यहाँ पुगेका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा‘स्वरसम्राट’ नारायणगोपालका तस्बिरहरुको एकल प्रदर्शनी चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी मंगलबारसम्म चल्नेछ । प्रदर्शनीमा राखिएका तस्बिरहरु नारायणगोपाल संगीत कोष, शम्भुजित बाँस्कोटा, रिञ्छेन योञ्जन, गणेश रसिक, दिनेश अधिकारी, वसुन्धरा भुसाल, भुवन चन्द, रमण घिमिरे, दीपक मानन्धर, मिन बज्राचार्यलगायतले उपलब्ध गराएका हुन् ।

‘साँस्कृतिक संग्रहालय नेपाल’ ले आयोजना गरेको तस्बिर प्रदर्शनीमा नारायणगोपालको युवावस्थादेखि निधन हुने बेलासम्मका तीन सय २० तस्बिरहरु राखिएका छन् । प्रदर्शनीमा नारायणगोपालका भनाईका साथै उनीमाथि नेपाली लेखकका लामा लेखका साथै लेखका अंशहरु पनि पढ्न पाइन्छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment