भूकम्पपीडितका लागि आएको पौने लाख क्विन्टल चामल गोदाममै कुहियो

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौँ ११ फागुन । भूकम्पपीडितका लागि बंगलादेश सरकारले राहतस्वरुप उपलब्ध गराएको करोडौं रुपैयाँ मूल्यको चामल सरकारी गोदाममै कुहिन थालेको छ ।

वैशाख १२ र २९ को भूकम्पबाट प्रभावितलाई राहत दिन बंगलादेश सरकारले एक लाख क्विन्टल चामल पठाएको थियो । त्यसमध्ये ७८ हजार २ सय ९१ क्विन्टल चामल खाद्य संस्थानको गोदाममै सड्ने अवस्थामा पुगेको हो ।

१० महिनाअघि भण्डारण गरिएको चामल वितरण गर्ने निर्णय नहुँदा संस्थानको लहान, बिर्तामोड र काठमाडौंका गोदाममा थन्किएको छ । लामो समय भण्डारण गरेर राख्दा चामलको गुणस्तरमा ह्रास आएको संस्थानका बिर्तामोडप्रमुख कार्यण्डेयप्रसाद जैसवालले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment