नेपालका गोलरक्षक विकेश कुथु भन्छन- शिर ठाडो गरेर हिड्न सक्ने भयौं(ताजा अन्तर्वार्ता) -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ ७ फागुन – भर्खरै भारतमा सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालाइ स्वर्ण जिताउनामा गोलरक्षक विकेश कुथु एक नायक साबित् भए । फाइनलमा उनले भारतीय खेलाडीको कडा प्रहारलाई सानदार बचावट गर्दै नेपाललाई उपाधि दिलाउन महत्वपुर्ण योगदान गरे।

करिब ३ साता अघि नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप विजय गरे ताका पनि विकेश नेपाली टोलीको खरो गोलकिपर थिए।

सीन्धुपल्चोकको सामान्य गाउँ बाह्रविसे गाविस सुनकोसीमा हुर्किएका कुथुको यो सफलताले भुकम्पबाट पिडित बनेको सिन्धुपाल्चोक बासीलाई खुसी मनाउने अवसर मात्र दिएन उनको परिवार तथा सिंगो देशले समेत २३ बर्षपछी अन्तराष्ट्रिय उपाधि पायो ।
यसै सन्दर्भमा कान्तिपथका लागि देव चौलागाईंले विकेशसंग गरेको सम्पादित कुराकानी यस्तो छ –

सागको सेमी फाइनल जितेर फाइनल पुग्दा कस्तो अनुभव भयो ?

यो भन्दा पहिला पनि हामीले बंगबन्धुमा मल्दिभ्सलाइ हराई सकेका थियौ । हामीले यो सेमिफाइनललाई नै फाइनल मानेर खेलौं भनेर पहिले नै एक खालको तयारी गरेका थियौं । कोचले पनि हामीलाई यस्तै सलाह दिनुभयो ।

सेमी फाइनलबाट जब फाइनलमा पुग्दाको खुशी कसरी व्यक्त गर्नुहुन्छ ?

यो क्षणको खुशीको त सीमा नै छैन । इंडियासंग फाइनलमा पुग्दा यस्तो जोस आयो कि इंडियाले हम्रो देशलाइ यस्तो संकटमा पुर्यायो तै पनि हामीले सकारात्मक सोच राखेर नै मैदानमा राम्रोसंग खेल्यौं ।

जब फाइनलमा जीत निस्कियो, नेपाली दर्शकहरु रु कमै थिए , मैदानमा कस्तो लाग्यो त्यो बेला ?

सर्बप्रथम त भारतलाई उसकै घरेलु मैदानमा हराउन पाउनु महत्वपुर्ण ऐतिहासिक उपलब्धि थियो । यसै कारण पनि हामी शीर ठाडो गरेर हिड्न सक्यौं ।

भारतले गरेको नाकाबन्दीको दबाब गोल हानेर फिर्ता गरियो भन्दा फरक नपर्ला त ?

हामीले भारतलाई देखाउन भन्दा पनि नेपाली जनताको लागि खेल्नु थियो र सफल पनि भैयो । यस्तो अवस्थामा पनि हामीले देशलाई खुसी दिन सकेकोमा गौरब लाग्छ ।

२३ वर्षपछि देशका नाममा स्वर्ण जितेर आउँदा नेपाली जनताले जुन उत्साहका साथ स्वागत गरे बाजागाजा सहित सम्मान गरे त्यो सम्मानलाइ कसरी सम्बोधन गर्नुहुन्छ ?

: यो त जनताले खेलाडी प्रति गरेको माया हो यसको कुनै मूल्य दिन सकिदैन । जनतालाइ पनि एक प्रकारको आवेग थियो जुन नाकाबन्दीको बदला कै रुपमा यो जीतलाइ लिएर पनि खुसी हुनु स्वाभाविक थियो ।

पुराना दिनहरु सम्झिदा यो अवस्थामा पुग्छु भन्ने लागेको थियो ?

अवस्य नै सानै बाट लाग्थ्यो कि मा कुनै न कुनै दिन देशको लागि खेल्छु, जीत दिलाउछु । यो मेरो सपना नै थियो आज पुरा गरेर सबैलाइ देखाएँ ।

म्याच फिक्सिंगको आरोप लागेको छ अगाडिको टोलिलाइ क भन्नु हुन्छ ?

यसको बारेमा चाहिं मलाई त्यस्तो धेरै थाह भएन जे भए पनि हामीले प्रमाणित गर्यौ कि अझै पनि फुटबल मरेको छैन भनेर ।

अपराध महाशाखाले फिक्सिंग गरेको भनेर समात्यो र यसले हौसला मिलेपछि यो खेल नेपालले जित्यो भनेर भानिन्छ नि ?

यसमा चाही दाइहरुले बदमासी गरेको भए कारबाही हुनु नै पर्यो र यस्तो होइन भने सम्मान साथ फर्काउनु पर्छ भन्ने मलाइ लाग्छ र अहिलेको टीममा सबै साथीहरुको खेल राम्रो छ कुनै लाइन पनि कमजोर छैन हाम्रो त्यसैले गोल स्कोर गर्न सफल भएका हौँ ।

फुटबलमा प्रेरणाको श्रोत कसलाई मन्नुहुन्छ ?

ममा , फुपू , दाइ, आमा, बुवा अनि मरो सबै परिवार आफन्त सबै जना नै हुनुहुन्छ सबैलाइ उत्तिकै मानेको छु ।

शिक्षा कति सम्म पुर्याउनु भयो ?

ब्याचलर रनिंग छु ।

प्रेममा परेको भन्ने सुनिन्छ नि कुथु जी ?

….हो कुरा साँचो नै हो तर नाम भने खुलाउन अलिक गारो भयो ।

विकेश फुटबलको हिरो बनेपछि त धेरै फोन आउने केटिहरुले प्रपोज गर्ने कत्तिको भएको छ ?

धेरै नै छ यस्तो चाहि कसै कसैले त ‘आई लव यू’ नै भन्छन सिधै तर मैले यसलाई सकारात्मक रुपमा लिने गरेको छु, फेंनको माया स्वरूप लिएको छु अन्यथा मैले सोच्दिन ।

नेपाली फुटबल विकासको लागि क गर्न सकिन्छ ?

हामीले एकै चोटी विस्वकप नै खेल्छु भनेर भन्दा पनि खेलको अभ्यास बढाउने र आउने पिंढी सम्मलाई राम्रो र दक्ष खेलाडी निर्माण गर्दै राम्रो मेहनत गरे अवस्य विस्वकपमा पुगेर खेल्न सकिन्छ । आउने दिनमा खेलाडीहरु विदेशिनु पर्ने अवस्था आउन दिनु हुदैन र सरकारले यो बारेमा सोच्नु जरुरि छ । भविष्यको चिन्ता खेलाडीले लिन नपरोस । कान्तिपथ.कम बाट साभार

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment