कतार कस्तो देश हो ? तपाई लाइ कतारमा समस्या पर्यो भने कहाँ सहयोग माग्न जाने ? -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






मध्यपूर्व तथा खाडी क्षेत्रमा पर्ने कतार तीब्र गतिमा आर्थिक उन्नति गरिरहेको सानो मुलुक हो । कतारको जनसंख्याभन्दा यहाँ आएर काम गर्नेको संख्या कता हो कता धेरै छ । कतारको मुख्य आम्दानीको स्रोत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास हो । विश्वको तेश्रो ठूलो ग्याँस भण्डार कतारमा नै छ । गर्मीयाममा धेरै गर्मी र जाडोयाममा धेरै जाडो हुने कतार संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली भएको देश हो । कतारको राजधानी दोहा हो र यो कतारको सबैभन्दा ठूलो शहर पनि हो । कतारमा काम गर्न जाने मध्ये धेरैजसो नेपाली दोहामै भेटिन्छन् । कतारका अरु मुख्य शहरहरुमा अरयिन, वाक्रह, औमा सलाल हुन् । खेतीयोग्य जमिन अति कम भएकोले कतारमा तेल उत्पादन र प्रशोधन गर्ने उद्योग धेरै छन् । कतारको मुद्रालाई रियाल भनिन्छ । एक रियाल बरावर नेरु २४ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि भैरहन्छ । ईस्लाम धर्म मान्नेहरु धेरै रहेको कतारमा प्रयोग गरिने मुख्य भाषा अरवी र उर्दु हो । कतार दिन दुईगुना र रात चौगुनाका हिसावले बढीरहेको देश हो । सन २०२२ मा दोहामा हुन लागेको विश्वकप फुटवल संरचना धमाधम निर्माण भैरहेका छन् । त्यसैले, सीप, क्षमता र जाँगर भएका मानिसलाई कतारमा हाल रोजगारीको थुप्रै अवसर छन् । कामका लागि कतार जाने नेपालीले मूख्य रुपमा निर्माण क्षेत्रमा मजदुर र कृषि श्रमिकका रुपमा काम गर्छन् । नेपालीले कतारमा गाडी चालक, सुरक्षा गार्ड र होटल तथा कारखानाहरुमा सरसफाई मजदुरको काम पनि पाईन्छ । चालक र सुरक्षा गार्डमा काम गर्नेहरुको मासिक तलव निर्माण र कृषि श्रमिककोभन्दा धेरै हुन्छ । वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार, २०६९ बैशाख मसान्तसम्ममा कतारमा काम गर्न ६ लाख ७५ हजार ९ सय ५७ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । कतारमा काम गर्न जाने नेपालीका लागि अति गर्मी, अरबी र उर्दु भाषाको ज्ञानको अभाव र थोरै तलव मुख्य समस्या हुन् । कतारमा सरकारी नियमहरु र कामको अनुसासन कडाईका साथ लागू गरिन्छ । यहाँ नेपालभन्दा सरदर ४ घण्टा ढिलो उज्यालो हुन्छ । कतारको राजधानी दोहामा नेपालको दुतावास छ । कुनै अप्ठ्यारो परेमा दुतावासको फोन नम्वर ९७४—४६७५६८१ वा ९७४—४६७५६८३ मा सम्पर्क गरेमा त्यहाँबाट सरसल्लाह र मद्दत पाईन्छ । थप जानकारी कतारस्थित नेपाली दुतावासको वेभसाईट http://www.nembdoha.com मा पनि हेर्न सकिन्छ ।
 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment