भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
काठमाडौं । आज बिहान सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ ।
बिहान ७ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको लाँकुरीडाँडा आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४३५ वटा बढी परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भुकम्पका पराकम्पनका कारण मानिसहरुमा अझै पनि डर त्रास मेटिएको छैन ।
0 comments:
Post a Comment