कोरियामा लाखौ रकम कुम्ल्याएर एक हुण्डी कारोबारी फरार, पिडितहरुमा रुवावासी

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






नेपाल सरकारले हुण्डी कारोबारलाई अवैधानिक घोषणा गरेपनि प्रभावकारीरुपले नियन्त्रण गर्ने नियामक निकाय नहुदाँ विदेशमा नेपाली कामदार ठगिने क्रम रोकिएको छैन् । दक्षिण कोरियामा अवैधानिक रुपमा हुण्डीको कारोबार गर्दै आएका एक व्यापारी नेपाली कामदारको लाखौ रकम संकलन गरेर फरार छन् । कोरियाको सुवन शहरमा व्यावसाय सञ्चालन गर्दै आएका गुल्मीका गोविन्द पोखरेल लाखौ रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् । फारानमा कार्यरत एक नेपालीले पोखरेल मार्फत दश दिन अघि पन्ध्र लाख रुपैया नेपाल पठाएका थिए । नेपाल सम्पर्क गर्दा पैसा नपाएको खबर पाएपछि उनले पोखरेललाई पटक पटक फोन सम्पर्क गरेका थिए । फोन सम्पर्क नभएपछि उनी पोखरेलले सञ्चालन गरेको पसलमा गएका थिए । त्यहाँ पुग्दा पसल बन्द भएपछि उनी छाँगाबाट खसे झै भए ।

त्यस्तै ह्वासंगको एक कम्पनीमा कार्यरत एक नेपालीले पनि दुइ साता अघि पोखरेल मार्फत पठाएको पैसा नेपालमा नपाएको गुनासो पोखेका छन् । यसैगरी अर्का पिडितले एक महिना अघि पोखरेल मार्फत नेपाल पैसा पठाएको तर नेपालमा पैसा नपाएको खबर पाएपछि उनी पोखरेलको पसलमा गएका थिए । पसल बन्द र पोखरेलको मोबाइल स्वीच अफ भएपछि उनले आफुले रकम ट्रान्सर गरेको कोरियन खातावालासँग सम्पर्क गरेका थिए । उनले पैसा फिर्ता नगरे प्रहरीमा उजुरी गर्ने धम्की पछि पैसा फिर्ता गरेको उनले बताए ।
ठगी पर्नेमा सुवनकै केहि ब्यवसायीहरु समेत परेका छन् । उनको पसलका लागि र नेपालमा सहयोग गरेको झण्डै १ करोड वन आफूले नपाएको ति ब्यसायीले फोनमा गुनासो गरे । त्यसैगरि अइजम्वुमा एक नेपाली समेत ठगीमा परेका छन् । ति नेपालीले अइजम्बुमा रहेका नेपालीहरुबाट रकम संकलन गरि उनलाई बुझाएका थिए ।
यस बाहेक पोखरेल अन्य दर्जनौ नेपालीको पैसा संकलन गरेर भागेको आशंका गरिएको छ । पच्चिस वर्ष अघि कोरिया आएका पोखरेल चिनियाँ व्यापारीका कारण पैसा डुबेर फरार भएको आशंका छ । हुण्डी कारोबार अवैधानिक भनेर नेपाल सरकारले भने पनि यसलाई नियन्त्रण गर्ने निकाय नहुदाँ कोरिया, इजरायल लगायत नेपाली कामदार रहेका मुलुकहरुमा कारोबार फस्टाएको छ । बैक मार्फत पैसा पठाउदाँ बढी शुल्क तिर्नुपर्ने तथा बैकिङ कारोबार झन्झटिलो भएकोले कोरियाबाट हुण्डी मार्फत नेपाल पैसा जाने गरेको छ । केही दिन अघि नेपाल हाउसमा भएको एक कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले समेत हुण्डी कारोबारीलाई आसन्न गैरआवासिय नेपाली संघ एनआरएनए कोरियाको नेतृत्वमा चयन नगर्न आग्रह गरेका थिए । यसबाट प्रष्ट हुन्छ की हुण्डी कारोबार रोक्न सरकारी निकाय नै असक्षम देखिएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment