तपाई दुब्लो हुनुहुन्छ ,हात खुट्टा सानो नै छन तर पेट बढेको छ भने यी कुराको ख्याल गर्नुहोस -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- head -->
<ins class="adsbygoogle"
     style="display:inline-block;width:728px;height:90px"
     data-ad-client="ca-pub-2284632669536609"
     data-ad-slot="7279902770"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
चिकित्सककहाँ जानु भनेको तपाई स्वयम्लाई आफ्नो लुगा सिलाउने ‘टेलर’कोमा गएको जस्तो हुन्छ होला । टेलरले तपाईको कम्मर, तिघ्रा लगायतको आकार नापेझै चिकित्कसले पनि परीक्षण सुरु गर्नु भन्दा अगाडि तपाईको कम्मर वा पेटको आकार नाप्छ होला । त्यसपछि मात्र उसले तौल नाप्ने यन्त्रमा उभाउँछ होला । पछिल्लो एक अध्ययन अनुसार तपाइ जति दुब्लो र पातलो भए पनि पेट बढेको छ भने बढी तौल भएका मानिसहरु भन्दा तपाईलाई स्वास्थ्यको अझै बढी जोखिम छ ।
मोटोपनले तपाईमा हृदयघात, स्ट्रोक, डायबिटिजि र क्यान्सर रोग लाग्ने पुष्टि भइसकेको छ । अर्को शब्दमा भन्ने हो भने तपाईको मोटोपन विभिन्न रोगको श्रोत हो । तर, विज्ञहरुका अनुसार तपाई जति ख्याउटे भए पनि पेट मात्र बढेको छ भने समग्र मोटो वा तौल बढी भएको मानिसलाई भन्दा अझै स्वास्थ्यका दृष्टिले खतरा छ । अर्थात् तपाईको पेटले तपाईंलाई मृत्युतर्फ धकेलिरहेको छ ।
मोटोपन व्यबस्थासम्बन्धी निर्र्देशिकाले तपाई कति मोटो हुनुहुन्छ भन्ने पत्ता लगाउछ । यस निर्देशिकाले चिकित्सकलाई तपाईको शरिरको मासुको सूचांक हेर्न लगाउँछ । जस अन्तर्गत तपाईंको उचाई र तौलको आधारमा शरिरको मोटोपनको मापन गरिन्छ । एउटा स्वस्थ बीएमआई (बोडी मास इन्डेक्स)ले तपाईंको पेटको मोटोपन बारे स्पष्ट जानाकारी दिन्छ । तसर्थ यदि तपाईको पाईन्ट बटन लगाउन गाहो भएको छ भने तपाईले आफ्नो तौलको बारेमा आजैदेखि बिचार पुयाउनु होस है ।
म मोटो छैन !
‘सामान्य बीएमआई भएका मेरा बिरामीले विभिन्न गुनासा गर्ने गरेका छन् । सामान्य हुँदा पनि व्यायम गर्न पर्छ वा पर्दैन भन्ने विषयमा उनीहरु बारम्बार प्रश्न गर्छन् । यस्तो अवस्थामा आफूले मन लागेको खाने वा नखाने विषयमा पनि जिज्ञास राख्छन,’ मोटोपन सम्बन्धि अमेरिकी विज्ञ डा. फ्रान्सिस्को लोपेज जिमेनेज भन्छन् । लोपेज जिमेनेज मिनेसोटाको कार्डियोलोजी शाखाका चिकित्सक हुन् । यो पछिल्लो अध्ययनले के देखाएको छ भने उनीकहाँ आउने ठूलो भुडी भएका मोटोपनका बिरामीले (ब्रोकोली (एक प्रकारको फूल) को जुस खानुपर्ने र आफूलाई ट्रेडमिल (मानिसले चलाउने मिसिन )मा संलग्न गराउनुपर्छ ।
यो अध्ययनलाई एनल्स अफ इन्र्टनल मेडिसिनको पछिल्लो संस्करणमा प्रकाशित गरिएको छ । करिब १५ हजार मानिसको तथ्यांकलाई अवलोकन गरेपछि ठूला ठूला भाडाको आकार जस्ता भुँडी भएका मानिसहरुमा अन्य तौल बढी भएका वा मोटा मानिसहरुमा भन्दा दोब्बर मृत्युको खतरा भएको देखाएको छ । ठूला कम्मर र भँुडी भएका मानिसहरुमा डायबिटिज, स्टोक, मुटु लगायतका समस्या हुने यसअघिका अध्ययनहरुले देखाएका छन् । – विक्लीनेपाल

- See more at: http://www.lightnepal.com/3979#sthash.tz8aer6h.lrquM8XX.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment