‘ड्रिम्स’को बक्स अफिसमा राम्रो सुरुवात

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मलाई राजधानीका मल्टिप्लेक्सले सो पनि धेरै दिएका छन् ।

शुक्रबार क्युएफएक्सका तीन हल सेन्ट्रल, कुमारी र जय नेपालमा गरी १४ सो यसले पाएको छ । भुवन केसीले निर्देशन गरेको यो पहिलो फिल्म गोपीकृष्णमा मात्रै चारवटा हलमा चलाइएको छ । अष्टनारायणका दुवै हलमा यही फिल्म लगाइएको छ ।




















पछिल्लो पुस्ताका दर्शकमाझ लोकप्रिय अनमोलको फिल्म भएकाले यसले युवा दर्शकको ध्यान खिचेको वितरकहरुले बताएका छन् । अनमोलको यसअघिको फिल्म ‘जेरी’ले पनि पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो ।

आजै दिनेश डिसीले निर्देशन गरेको ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलिज भएको छ । नीता ढुंगाना र आमेश भण्डारीले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले ‘ड्रिम्स’को तुलनामा थोरै सो पाएको छ । फिल्मका राजधानी वितरक सुनिल मानन्धरले बिहानको सोमा फिल्मको व्यापार कमजोर देखिएको बताए । यो फिल्मले ठूला मल्टिप्लेक्समा कम सो पाएका कारण यस्तो भएको हुनसक्ने उनी बताउँछन् ।

‘ड्रिम्स’ ले पहिलो दिन क्युएफएक्समा १४, बीग मुभिजमा ६, एफक्युबमा १२, क्युज सिनेमामा ५ सो पाएको छ । ‘फूलै फूलको मौसम तिमीलाई’ले बिग मुभिजमा मात्रै सो पाएको छ । यी दुवै फिल्म प्रेमकथामा आधारित छन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment