देउवा र पौडेलकोबीचमा रस्साकस्सी, अधिकांश प्रतिनिधि भन्छन् -अबको नेतृत्व देउवा -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस








डवल महतारा


फागुन २४ । नेपाली कांग्रेसको सभापति पदको लागि हुने दोश्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा विजयी हुने संभावना बढेर गएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले ल्याएको कुल मत जोड्दा पनि देउवाको ८० मत बढि छ ।




पहिलो चरणको निर्वाचनमा बदर भएका १०० मत मध्ये दोश्रो चरणको निर्वाचनमा देउवाकै पक्षमा जाने देखिएको छ । शान्ति र संविधानका लागि महत्वपूर्ण भूमिका खेलेका सिटौला चुनावबाट बाहिरिएपछि उनको पक्षमा आएको अधिकांश मत पनि देउवाको पक्षमा जाने देखिएको नेपाली काँग्रेसका एक महाधिवशेन प्रनिनिधिले बताएका छन् ।




पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि फेरि सभापतिका लागि दोश्रो चरणको निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनमा देउवाले १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत ल्याएका थिए ।




आइतबार भएको मतदानमा कुल खसेको ३ हजार १४८ मत मध्ये ५१ प्रतिशत पुर्याउन देउवालाई ४२ मतको मात्र आवश्यकता पर्ने देखिन्छ । यस्तै पौडेलका लागि सभापतिमा जित्न ४ सय ४६ मत ल्याउनु पर्ने भएको छ ।




यसरी देउवा र पौडेलबिचको मतको दुरी धेरै लामो देखिएपछि अधिकां महाधिबेशन प्रतिनिधिहरु देउवाकै पक्षमा खुलेर लागेका छन् । अर्कोतिर अब सभापतिका लागि हुने दोश्रो चरणको निर्वाचनमा कसलाई जिताउने भन्नेमा कृष्ण सिटौलाको पनि विशेष भूमिका रहने देखिएको छ ।




सभापतिको लागि हुने दोश्रो चरणको निर्वाचनका लागि काँग्रेसको १३ औं महाधिवेशन स्थलमा देउवा र पौडेलको पक्षमा चुनावी रस्साकस्सी सुरु भएको छ । अधिकांश प्रतिनिधि भन्छन् –‘अबको नेतृत्व देउवा नै हो ।’

- See more at: http://dcnepal.com/news/news.php?nid=197296#sthash.GrPt1mIJ.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment