भक्तपुरको मध्यपुरथिमिमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ, २४ फागुन - भक्तपुरको मध्यपुरथिमि-१५ गठ्ठाघरमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

अरनिको राजमार्गको ६ लेन सडक अन्तर्गत गठ्ठाघरमा आइतबार राति साढे १० बजे काठमाडौंबाट भक्तपुरका लागि छुटेको बा ५८ प ७९४८ नम्बरको मोटरसाइकललाई बा ३ ख ७८३५ नम्बरको ट्रिपरले ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक रौतहटको चन्द्र निगाहपुर घर भइ सर्लाही नवलपुर स्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भएका र अहिले हेटौंडा सुपारी टार मध्यपृतनामा कार्यरत वर्ष ३७ का प्युठ राजेन्द्र राईको ज्यान गएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।

ट्रिपर चालक खाना खान गएको बेलामा सिन्धुपाल्चोक लामोसाघु घरभई पेप्सीकोलामा होटल गरी बस्ने वर्ष २२ का होटल सञ्चालक केशव भण्डारीले तिब्र गतिमा भक्तपुर तर्फ नै ट्रिपरले लैजाँदा मोटर साइकललाई ठक्कर दिएर फरार रहेका छन्।

फरार भण्डारीको खोजी भइरहेको र ट्रिपर भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। - See more at: http://www.dcnepal.com/news/news.php?nid=197301#sthash.TlqnV5mH.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment