डेकेन्द्र, मुक्ति र बाँदर मुढेमा बमले उडाइएकालाई जवाफ दिने बेला भएन भट्टराई ज्यू, कि जनताको अझै हलाल गर्ने ? -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौं, २२ फागुन । एक दशक लामो जनयुद्व लडदा हजारौ नेपालीलाई शहिद बनाएर। हजारौ जनाको घरबार बिगारेर राज्य सत्तामा पुगेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सँगै युद्वमा होमेका युवालाई विस्तारै घोका दिन थालेका छन् ।



पछिल्लो समयमा सँगै युद्व लडेका सहकर्मीहरुलाई छोडेर नयाँ शक्ति तिर लागेका छन् । १० बर्ष सम्म महान क्रान्तिको नाममा १७ हजार गरिवको पेटमा लात मारेका थिए । सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा निकै सकृय रहने डा. भट्टराइलाई फेसबुक, ट्विटर प्रयोगकर्ताहरुले निकै आलोचना गर्न थालेका छन् ।

गुरु भट्टराइ फेसबुकमा लेख्छन् ‘डा. भट्टराइले कति चाडो बिर्सेछन, कि त्यसबेला यिनको खोपडिमा जनावर सवार भएको थियो ? मान्छेका रगत पिएर राजनीतिको भर्याङ्ग चढेको अपराधि नै बलले मिच्न पाइन्छ भनेर प्रश्न गर्ने ? बल प्रयोग गलत हो भन्नेहरुलाई सामन्त, जासुस, क्रान्ति बिरोधि भन्दै खसी हलाल गर्ने अपराधिले बिचारको शक्तिलाई कहिले देखि श्रेष्ठ देख्न थालेछ ?’

उनी पुन अगाडी लेख्छन्, ‘समाजमा चेतना र बिचार बाड्ने डेकेन्द्र, मुक्ति अधिकारि अनि बाँदर मुढेमा बमले उडाइयेका दुधेवालक लगाएतका हजारौँ निर्दोष मान्छेका जीवनको इहलिला समाप्त भएको यिनको बिचारले हो ?’


भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment