भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
घरजाने विदा नपाएपछि कोरियामा नेपाली युवाले गरे आत्महत्या
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjPCrCW2x2_Cmp9w7NO-kfYALVQlkvSS_yahAcVamS1Z_TOmrbbG3L5mRL2P_rSIZOBlTSNNPTw3n_jUsg1aVa8Tt1Yz84oWfFE9auHglqHyf6EX84UNZlg0pHFm-O0GYtldknTTAlvK88/s640/Screenshot_4-5.png)
झण्डै दुइ वर्ष अघि इपिएस मार्फत कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक विजयले घर जान अनुमति पाएपछि प्लेन टिकट पनि काटेका थिए ।
तर साहूका छोराले छुट्टी जान नपाउने भनेपछि त्यही निहुँमा आत्महत्या गरेको बुझिएको छ ।
खत्री ख्वाङ्जुको टेक्सटाइल कम्पनी कार्यरत रहेको बताइएको छ । आज आइतबार छुट्टीको दिन साथीहरु बजार गएको बेला खत्रीले कम्पनीको होस्टेलको कोठामा आत्महत्या गरेको उनका दाजू समेत रहेका कृष्ण खत्रीले जनाएका छन् । कम्पनीमा तीन जना नेपाली कार्यरत रहेको बु्झिएको छ ।
खत्रीको शवलाई अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र नेपाली दुतावासलाई पनि कम्पनीले जानकारी दिएको मृतकका दाजु कृष्णले जनाएका छन् । कोरियामा पछिल्लो समयमा विभिन्न निहुँमा नेपालीले आत्महत्या गर्ने क्रम बढेको छ । गत महिना पनि आफु डिप्रेसनबाट पिडित रहेको र जिन्दगी देखि बोर लागेको भन्दै सुसाइड नोट लेखेर एक नेपाली युवाले पनि आत्महत्या गरेका थिए ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment