सिटौलालाई सकस : संस्थापन पक्षका पौडेललाई समर्थन गर्ने कि देउवालाई ? -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं, २४ फागुन - सभापतिमा उम्मेदवारी दिने बेला कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा जानुपर्ने अवस्थामा संस्थापन पक्षलाई सघाउने बचन दिएका थिए।

पहिलो चरणमा रामचन्द्र पौडेलको भन्दा आफ्नो मत धेरै आउने विश्वासमा उनलाई थियो। तर मत परिणाम उल्टो भयो। पहिलो चरणको चुनावबाट शेरबहादुर देउवा पहिलो, पौडेल दोस्रो र सिटौला तेस्रो बने। उनी दोस्रो चुवानमा भने बाहिरीएका छन्। अब दोस्रो चरणमा देउवा र पौडेलबीच मात्र चुनाव हुनेछ।

पौडेल र सिटौला दुवैले संस्थापन पक्षबाट उम्मेदवारी दिएका हुन्। पहिलो चरणबाट बाहिरिएपछि दोस्रो चरणमा सिटौलाले पौडेललाई समर्थन गर्नुपर्ने हो। तर पौडेलले पहिलो चरणमा पाएको मत कायमै रह्यो र सिटौलाको समर्थन गयो भने पनि संस्थापन पक्षको जित सहज छैन। किनकी पहिलो चरणमा पौडेलको ११६० र सिटौलाको ३२४ मत आएको छ।

दुवैले पाएको मत जोड्दा जितका लागि आवश्यक पर्ने १५७५ मत पुग्दैन। जबकी पहिलो चरणमा १५६४ मत ल्याएका देउवालाई जम्मा ११ मत मात्रै नपुगेको हो। दोस्रो चरणको चुनावमा पहिलेको मत कायमै रह्यो भने देउवालाई दोस्रो चरणमा जित्न सहज छ। निर्वाचन समितिका अनुसार पहिलो चरणमा एकसय मत बदर भएको छ। सिटौलाको समर्थन नपाएमा पनि बदर भएको मत सदुपयोग गर्न सकेमा मात्रै पनि देउवालाई सभापतिमा निर्वाचित हुन सजिलो छ।

आफूले पौडेललाई समर्थन गरेपनि जितका लागि पर्याप्त नहुने अवस्था देखिएपछि सिटौलालाई निर्णय लिन सकस भएको छ। संस्थापन पक्षका नेता, कार्यकर्ताको भावनालाई कदर गर्ने हो भने उनले पौडेललाई समर्थन गर्नुपर्ने हुन्छ। तर पौडेललाई समर्थन गर्दा पनि देउवाले पहिलो चरणमा पाएको जति मत पुग्ने अवस्था छैन।

देउवालाई समर्थन गर्ने हो भने जित सुनिश्चित हुन्छ। अनि सिटौलाको समर्थनले देउवाको जित भएको सन्देश पनि जान्छ। देउवालाई समर्थन गरेको अवस्थामा सिटौलाले पार्टीमा महत्वपूर्ण भूमिका पनि पाउन सक्ने छन्। तर संस्थापन पक्षभन्दा बाहिरका देउवालाई कसरी समर्थन गर्ने भन्नेमा उनी अन्योलमा परेका छन्।

पहिलो चरणको चुनावबाट तेस्रो भएर निर्णायक भूमिकामा पुगेका सिटौला पार्टी सभापति त बन्न पाएनन्। तर पार्टीलाई अब कता लैजाने भन्ने महत्वपूर्ण मोडमा चाहिँ उनी पुगेका छन्। - See more at: http://www.dcnepal.com/news/news.php?nid=197304#sthash.xHYr03H4.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment