मलेसिया जाँदा दुःखका दिन सकिन्छन् कि भन्नुहुन्थ्यो तर त्यस्तो भएन’ -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



राजु बिक्रम बस्नेत/रामेछाप । फागुन २२ – वैदेशिक रोजगारी बारे सूचना दिन गरिएको गन्धर्व गीत सुन्दा रामेछाप चुचुरेकी रविना थापाका आँखामा आँशु अडिएनन् । रामेछाप जिल्लामा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले विदेश जान ठिक्क परेका अनि विदेश पुगेर समस्या परेकाहरुलाई सूचना दिन गन्धर्व गीतको योजना बनाएर गाउँ पुगेको थियो । विदेश गएर समस्यामा परेकै परिवारकी सदस्य हुनुहुन्थ्यो रविना पनि ।  <script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- head -->
<ins class="adsbygoogle"
     style="display:inline-block;width:728px;height:90px"
     data-ad-client="ca-pub-2284632669536609"
     data-ad-slot="7279902770"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script> रविनाका श्रीमान् राजन थापालाई एजेण्टले पेन्टिङको काम भनेर मलेसिया पठाएपनि काठको मुढा बोक्नु परेपछि राजनलाई परदेशको बसाईं निल्नु न ओकल्नु भएको छ । २०७२ जेठमा मलेसिया जाँदा राजनलाई एजेण्टले पेण्टिङको काम अनि एक हजार रिङगेट तलव भनेका थिए तर मलेसिया पुगेपछि राजनले न भनेको काम पाउनु भयो न तलव नै । नेपालमा एक हजार तलव भनिएका राजनलाई जम्मा चार सय रिङगेट मात्रै दियो । ‘अब के गरौं गरौं भन्नुहुन्छ’ राजनकी श्रीमती रविनाले भन्नुभयो । मलेसियामा भनेको काम र दाम नपाएर समस्यामा परेपनि विदेश जाँदा राजनले देखेको सपना सानो थिएन । मलेसिया नपुगुञ्जेल त्यो सपना पूरा हुने आशा पनि त्यति नै थियो राजनसंगै उहाँको परिवारमा । तर अहिले आशा भन्दा निराशा धेरै छ ।’ घरमा बुवा आमा अनि दुई वर्षको छोरोसँग मलाई छोडेर मलेसिया जाँदा अब त दुःखका दिन सकिन्छन् कि भन्नुहुन्थ्यो तर त्यस्तो भएन ’ रविना भन्नुहुन्छ । नेपालमा म्यान पावर कम्पनीले भनेको भन्दा धेरै फरक काम र दाम भएपछि आफू ठगिएछु भन्ने बल्ल चालपाउनु भयो राजनले । तर चालपाएर मात्र पनि के गर्नु सहि सूचना र जानकारी नभएको र सहयोगि निकायहरुको सम्पर्क नम्बर पनि नभएकोले बाध्यताले त्यही ठाउँमा काम गरिरहनु भएको छ । मलेसिया जाँदा १ लाख ८० हजार रुपैयाँ ऋण मासिक सयकडा ३ रुपैयाँका दरले लिएको रकम म्यानपावरमा बुझाएर मलेसिया जानु भएका राजनलाइ अहिले त्यहि ऋण तिर्न हम्मे हम्मे परेको छ । घरमा छोरा र श्रीमतीलाई आवश्यक घर खर्च पठाउन नसकेपछि नेपाल फर्कने सोच बनाए पनि मलेसियामा ३ बर्ष बस्नैपर्ने भएकाले फर्किन नसकेको रबिनाले गुनासो पोख्नुभयो । विदेशमा समस्यामा पर्दा के गर्ने भन्ने थाहा नपाउनु भएकी रविनाले गन्धर्व गीतकै माध्यमबाट सूचना केन्द्रले दिने निःशुल्क सेवाको जानकारी पाएपछि भने आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो । ‘उहाँलाई पनि केही थाहा थिएन अनि मैले पनि केही कुरा बुझेकी थिईन’ रविना भन्नुहुन्छ ‘अब त सूचना केन्द्रको बारेमा थाहा पाएँ, म पनि अरुलाई भन्नेछु । उज्यालो अनलाइन बाट साभार

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment