भारतमा आक्रमण गर्न आतंककारीको समूह पस्यो,ठुलो क्षति हुने अनुमान

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



लश्कर-ए-तैयबका करिब १० जना आतंककारी समुद्री बाटोबाट छिरेको आशंकामामा भारतका केही स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
समाचार अनुसार महाशिवरात्रि पर्वका दिन सोमनाथ मन्दिरमा आक्रमण गर्ने योजनाका साथ उनीहरु छिरेको आशंकामा गुजरात र आसापासका भूभागमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

यही कारण सोमनाथ मन्दिरमा आइतबार र सोमवार हुन लागेका सबै सांस्कृतिक कार्यक्रम रद्द गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी एनएसएले भारतमा आतंककारी छिरेको सूचना भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाललाई दिएका हुन् ।

आतंककारी छिरेको सूचना पाकिस्तानले पहिलो पटक भारतलाई दिएको हो । यो सूचना आएलगत्तै भारतका राष्ट्रिय सुरक्षा गार्डको चार टीम गुजरात पुगेको छ ।

गुजरातका डीजीपी पीसी ठाकुरले बताए अनुसार 'एनएसजीको चार टीम गुजरात पुगेर तैनाथ भएको छ । जसमा तीन टीमलाई अहमदाबादमा तैनाथ गरिएको छ । एक टीमलाई सोमनाथ मन्दिर बाहिर तैनाथ गरिएको छ ।
पाकिस्तानले सूचना दिएपछि गुजरातमा पुलिसलाई चनाखो रहन आदेश दिइएको छ । पुलिसका सबै पदका सदस्यहरुको छुट्टी पनि रद्द गरिएको छ ।
आइतबार पोरबन्दरमा एकजना एनआरआईलाई पनि गिरफ्तार गरिएको छ । पाकिस्तानले दिएको सूचना अनुसार डुंगाबाट कम्तिमा १० जना आतंककारी भारतको गुजारतमा पसिसकेका छन् ।

उनीहरुले कुनै पनि बेला घटना गराउन सक्ने अवस्था भन्दै सबै सुरक्षानिकायलाई सतर्क गरिएको छ। यो सूचना आएपछि शनिबारगृह विभागका अतिरिक्त मुख्य सचिव पीके तनेजाले पुलिस-आईबी अधिकृतहरुसँग आपतकालिन बैठक गरेका थिए ।

अर्कातिर पश्चिमी सीमानाको सुमद्री किनारको अन्तिम बिन्दुस्थित कोटेश्वर नजिकै शुक्रवार राति एक वेवारिसे डुंगा भेटिएको थियो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment