च्याउ झैँ उम्रेका १५ पार्टी आयोगद्वारा खारेज, बहालवाला मन्त्रीकै पार्टी खारेजीपछि ओली सरकार संकटमा -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौं, २३ फागुन । निर्वाचन आयोगले १५ वटा पार्टी खारेज गरेको छ । आयोगले खारेज गरेको पार्टीमा बहालवाला मन्त्रीको समेत पार्टी परेको छ । जसका कारण बहालवाला मन्त्रीकै पद धरापमा परेको छ । आयोगले तीन आर्थिक वर्षसम्मको आयव्ययको विवरण समयमा नै सार्वजनिक नगरेका कारण पार्टी खारेज गरेको हो ।




खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी खारेज गरेको हो । आयोगले सो पार्टी खारेजीसँगै ओली सरकारमा सहभागी एक पार्टी घटेको छ । खारेज गरेको १५ पार्टीहरुलाई निर्वाचन आयोग ऐन २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको छ । आयोगले खारेज गरेका पार्टीहरु निम्न छन्ः
१. समाजवादी जनता पार्टी
२. जनता दल युनाइटेड
३. जनता पार्टी नेपाल
४. नेपाली जनता पार्टी
५ नेपाल जनभावना पार्टी
६ स–शक्ति नेपाल
७ नेपाल राष्ट्रिय लोकतान्त्रिक दल
८ नेपाल राष्ट्रिय जनकल्याण पार्टी
९ जनमुक्ति पार्टी नेपाल
१० शिव सेना
११ लिवरल समाजवादी पार्टी
१२ नेपाल साम्यवादी दल
१३ नव नेपाल प्रजातान्त्रिक दल
१४ संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी
१५ समाजवादी पार्टी

- See more at: http://www.lightnepal.com/4347#sthash.pFbB0LuW.7scuij9Y.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment