‘छनगेडी सबै मेरी छैनन गेडी सबै टेढी’ वाणिज्यशास्त्रमा डिग्री गरेका असोक श्रेष्ठको एउटा पीडादायी यथार्थ भिडियो -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



नेपालीमा एउटा भनाइ छ ‘छनगेडी सबै मेरी छैनन गेडी सबै टेढी’ यो भनाई केही मानिसको जिवनमा ठ्याक्कै मेल खान पुग्छ । हाम्रो समाज निकै विकसीत भईसकेको छ । समाज विकसीत हुनुका पछाडी आर्थिक कारणले निकै ठुलो प्रभाव पार्ने गर्दछ । यो समाजमा राम्रो देखिनका लागि सुन्दरताको आवश्यकता पर्दैन, आवश्यकता छत केवल पैसाको । पैसा, आलिशान गगन चुम्बी महल, भए बिएमडब्लु गाडी, गाडीमा चढन ढोका खोलीदिने, ओर्लदा ढोका खोल्ने मात्र हैन शरिरमा पफ्रयू छर्किदिने, नोकर चाकर आदि हुने हो भने बाहिर देख्नेहरुका लागि जिवन निकै रमाइलो हुन्छ । त्यसका लागि भाग्यको भर परेर मात्र हुँदैन हातमा सीप हनु पर्छ, काम गर्ने सहज बाताबरण पनि चाहिन्छ ।
यही समाज हो जसको शैक्षिक योग्यता राम्रै छ, हातमा सीप छ तै पनि बेरोजगार छन बिहान बेलुका हात मुख जोर्न निकै धौ धौ छ । हो हातमा सिप भएर पनि समाजका आम मानिसको नजरमा बस्न नसकेका र क्षमता भए पनि रोजगारी पाउन नसकेका व्यक्ति हुन् अशोक श्रेष्ठ । उनीसँग सब थोक छ, अध्ययन, हातमा सिप, परिवार, बिडम्बना उनीसँग क्षमता भए पनि रोजगारी छ्रैन् । कारण हो ट्युमर ।
विस २०१७ सालमा जन्मेका श्रेष्ठले वाणिज्य शास्त्रमा डिग्री गरेका छन् । उनी कम्प्यूटरमात्र चलाउदैनन्, यस सँग सम्बन्धीत निकै काम गर्न सक्छन् । उनीसँग शिक्षा छ सिप छ र्तै पनि बेरोजगार छन् । उनको अनुहारमा ठुलो ट्युमर छ । उनको यो टयुमर समय क्रमसँगै बढदै गएको हो । साथीभाई आफन्त मात्र हैन समाज नै विरोनो हुँदै गयो । बाँकी रह्यो त केवल पाईलै पिच्छे मान्छेको हेर्ने नजर । उनले भारतमा गएर बारम्बार उपचार पनि गराए । निको भएन । अब अन्तिम विकल्प भनेको अमेरिका नै हो । अमेरिकामा उपचार गरेको खण्डमा ट्युमर निको हुन सक्छ । तर खर्च भने निकै नै लाग्छ । तीन चरणमा अप्रेसन पछि निको हुन्छ । त्यसका लागि पहिलो चरणमा ३५ हजार डलर खर्च गर्नु पर्छ । श्रेष्ठसँग क्षमता छ, ज्ञान छ तर जागिर छैन । कहाँबाट जम्मा गर्नु यत्रो रकम । उनको सहयोगका लागि एक पटक हाम्रा हातहरु फैलाउन सकिएला त । भिडियो हेर्नुहोस

लाइट नेपाल मेडियाको तर्फ बाट हामीले १० हजार सहयोग गर्ने निर्णय गरेका छौ | असोक श्रेष्ठ जी को फोन या कुनै सम्पर्क ठेगाना हामीले खोजीकार्य गर्दै छौ उहा संग हाम्रो सम्पर्क नभएकाले उहाको भिडियो बनाउने लिमिलाइट नेपाल संग हामीले फोन नम्बरको लागि अनुरोध पनि गरेका छौ ,आशा छ छिटै उहाको सम्पर्क नम्बर हामी समक्ष्य आइपुग्ने छ |

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment