Millionaires Carefully Guard This Secret Money-Making ... profitico.net लप्पन ६प्पन छोडेर दीपक-दीपा लागे ६क्का पन्जामा

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १० फागुन । अभिनेत्री दीपा श्री निरौलाले ‘लप्पन ६प्पन’नामको चलचित्र निर्देशन गर्ने खबर सार्वजनिक भएको केहि समय मै फेरि उनले निर्देशन गर्ने चलचित्रको नाम फेरियो । अब उनले ‘६क्का पन्जा’नामको चलचित्र निर्देशन गर्ने छिन् । निर्माता तथा कलाकार दीपकराज गिरीले ‘लप्पन ६प्पन’ फिल्मको नाम रहने भनेर फेसबुकबाटै घोषणा गरेका थिए । उनै गिरीले फेरि दीपाले निर्देशन गर्ने फिल्मको नाम ‘६क्का पन्जा’ रहने उल्लेख गरेका हुन । ‘लप्पन ६प्पन’नामको फिल्म अरु कसैले चलचित्र विकास बोर्डमा दर्ता गराईसकेका कारण फिल्मको नाम परिवर्तन गरिएको दीपकले बताएका छन् ।

चैत्र ८ गतेबाट दीपक दीपाको यो फिल्मको छायाँकन सुरु हुने छ । लामो समयदेखि हाँस्य ब्यङ्ग्य क्षेत्रमा जमिरहेकी दीपाले पहिलो पटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । यसैले पनि उनी उत्साहित देखिएकी छिन् । यो चलचित्रमा सिताराम कट्टेल बाहेक अन्य हाँस्य कलाकार देखिने छन् । जो यसअघिका दुई चलचित्र ‘६ एकान ६ र वडा नम्बर ६’मा देखिएका थिए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment