दिल्लीमा नाकाबन्दी गरिदिने एउटा समुदाय ! नरेन्द्र मोदीका पसिना छुटाउने यो समुदायका चर्चित बलिउड कलाकार

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

जाट समुदायले आरक्षणको माग गर्दै गरेको आन्दोलनले हरियाणा र दिल्ली सहित उत्तरी भारतको कयौं राज्यलाई असर पुर्यायो। आन्दोलनकै बीच रोहतक बस्ने नायक रणदीप हुड्डाले आफ्नो घरमा आगो लगाएर फाइदा छैन, कुराकानीले समस्या समाधान गरौं, तोडफोड र बन्द नगरौं भनि अपिल समेत गरेका थिए।रणदीप झै बलिउडमा केयौं जाट कलाकार छन्, चर्चित मात्र होइन कतिले त बलिउडमा राज समेत गर्छन्। धर्मेन्द्र, मल्लिका शेरावत, चित्रांगदा सिंह, महिमा चौधरी लगायतका नायक नायिका जाट समुदायबाट छन्।


धर्मेन्द्र


सन् १९३५ डिसेम्बर ८ मा नसराली (पञ्जाव)मा जन्मेका धर्मेन्द्रले १९५८ मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट बलिउडमा इन्ट्रि लिएका थिए। सत्यकाम, शोले, चुपके-चुपके, हकीकत जस्ता कयौं हिट फिल्मबाट सुपरस्टार बनेका धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर थिइन। सनी र बबी प्रकासका छोरा हुन। धर्मेन्द्रले हेमा मालिनीसंग दोस्रो विवाह गरेका थिए।

मल्लिका शेरावत



सन् १९७६ अक्टोबर २४ मा हरियाणाको हिसारमा जन्मेकी थिइन मल्लिका। उनको वास्तविक नाम रीमा लाम्बा हो। मल्लिकाले बलिउड करिअरको सुरुवात सन् २००२ को फिल्म ‘जीना सिर्फ मेरे लिए’ बाट गरेकी थिइन। महेश भट्टको फिल्म ‘मर्डर’ले भने उनलाई बलिउडमा पहिचान दिलायो। फिल्म भन्दा बढी मल्लिका आफ्ना बोल्ड भनाइका कारण चर्चामा रहने गर्छिन।

महिमा चौधरी



महिमाको जन्म १३ डिसेम्बर १९७३ मा दार्जलिङमा भएको थियो। उनको वास्तविक नाम रितु चौधरी हो। मोडलिङबाट करिअर सुरु गरेकेी महिमाले १९९७ मा ‘परदेश’ फिल्मबाट बलिउडमा कदम राखेकी थिइन। दाग, लज्जा, दिल हे तुम्हारा जस्ता हिट फिल्ममा काम गरेपश्चात महिमा बबि मुखर्जीसंग विवाह गरि सेट भएन। अहिले उनी आफ्नो पतिसंग अलग भइसकेकी छिन।

रणदीप हुड्डा



रणदीप सिंह हुड्डाको जम्म सन् १९७६ अगस्ट २० मा हरियाणाको रोहतकमा भएको थियो। पढाइको लागि दिल्ली आएका रणदीपले थिएटरमा काम गर्न लागे। जहाँ उनलाई आफ्नो पहिलो फिल्मको अफर मिलेको थियो।

रणदीपको पहिलो फिल्म ‘मानसुन वेडिङ’ (२००१) थियो। रणदीपले मर्डर ३, हाइवे, रंग रसिया, जन्नत-२ र किक जस्ता फिल्ममा काम गरिसकेका छन्।

चित्रांगदा सिंह



चित्रांगदाको जन्म सन् १९७६ मार्च २८ मा राजस्थानको जोधपुरमा भएको थियो। सुधीर मिश्राको फिल्मम हजारो ख्वाहिसे ऐशी बाट करिअर सुरु गरेकी चित्रांगदाले ये साली जिन्दगी, इन्कार, किरचिया जस्ता डार्क फिल्ममा काम गरेकी छिन्।

सुशांत सिहं राजपूत


२१ जनवरी, १९८६ मा बिहारको पटनमा जन्मिएका सुशांतले टिभी सिरियल ‘पवित्र रिश्ता’ बाट आफ्नो करिअर सुरु गरेका थिए। कया पो चे फिल्मबाट उनले बलिउडमा कदम राखेका थिए। उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बख्सी, पीके जस्ता फिल्ममा काम गरिसकेका छन्। उनी छिट्टै महेन्द्र सिंह धोनीको कहानीमा बन्न लागेको फिल्ममा मुख्य भुमिकामा देखिनेछन्।

ताजा हेडलाइन बाट साभार

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment