कक्षा ११ को मौका परीक्षाको नतिजा प्रकाशित

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, १३ फागुन । कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । उच्च माध्यमिक शिक्षा परिषदका अनुसार परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो ।

परिषदले बिहीबार दिएको जानकारी अनुसार कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गएको माघ २९ गते सञ्चालन गरिएको मौका परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।

परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिन्छ भने नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषद्ले जनाएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment