प्रधानमन्त्री ओली भन्छन् – भारत भ्रमण सफल : तर कसरी स्वीकार्ने (भिडियो सहित) -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १३ फागुन । सम्बन्ध सुधारका लागि भन्दै ६ दिने भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राति स्वदेश फर्किएका छन् ।

संविधान जारी भएपछि नेपालमा अघोषित नाकाबन्दी लगाएसँगै भारत र नेपालबीचको सम्बन्धमा चिसोपना बढेको थियो । विग्रिएको सम्बन्ध सुधार गर्न आफ्नो भ्रमण सफल भएको प्रधानमन्त्री ओलीले बताएपनि कतिपयले यसलाई अस्वीकार गरेका छन् ।

स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुषारो देखिए पनि अब त्यस्तो नहुने दावी गरे । भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको प्रधानमन्त्रीले बताए । तर, नेपालप्रतिको उसको सोचमा खासै ठूलो परिवर्तन देखिन सकेन । ओलीको भ्रमणको अन्तिम दिनसम्म भ्रमणका उपलब्धीलाई लिएर जारी गरिने संयुक्त विज्ञप्ति प्रकाशित नहुँदा भारतको नेपाल सोचमा अझै परिवर्तन नआएको विश्लेषहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान सहित भव्य स्वागत गरेको भारतले आफू अनुकुलको शब्द राख्न नपाएपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको हो । विशेषतः नेपालमा जारी भएको संविधानको स्वीकार्य सम्बन्धी शब्दले विज्ञप्ति रोकेको भनिएको छ ।

प्रजातन्त्र दिवस मनाएलगत्तै फागुन ७ गते भारत गएका प्रधानमन्त्री ओलीले नयाँ दिल्ली, गुजरात र मुम्बइको भ्रमण गरे भने सो क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गरे थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जि, प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु सहित विभिन्न दलका शीर्ष नेता तथा भारतीय बौद्धिक एवं कूटनीतिक क्षेत्रका व्यक्ति र कलाकारहरुसँगको प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए । सोही छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको प्रधानमन्त्रीको दावी छ ।

उच्चस्तरीय भेटवार्ताका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विभिन्न सहमति समेत गरिएका छन् । तर भ्रमणका क्रममा भएका सहमति तथा समझदारीहरुलाई समेटेर जारी गरिने संयुक्त विज्ञप्ति भने जारी नभएको हो । जसले प्रधानमन्त्री ओलीको भ्रमणको असफलताको प्रमख संकेत बुझ्न सकिन्छ ।

नेपालले संविधानलाई स्पष्ट शब्दमा स्वागत गर्नुपर्ने अडान राखेको तर भारतले अझै पनि राजनीतिक कोर्स पूरा नभएको आशय घुसाउन चाहेपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको श्रोतको भनाइ छ ।

सम्बन्ध सुधार नै आफ्नो भ्रमणको उद्देश्य बताएका प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी हुन नसक्नुको कारण बारे केही बोलेनन् । विज्ञप्ति जारी नभएपछि संविधानको विषयलाई लिएर विग्रिएको सम्बन्धमा सुधार भइसकेको भन्न सकिने अवस्था देखिएन ।

प्रधानमन्त्री ओलीले भूकम्पबाट प्रभावित गुजरातस्थित भुजको पुनर्निर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताए । भूकम्पबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनर्निर्माण गर्न सकिन्छ भन्ने विश्वास बढेको प्रधानमन्त्री ओलीको भनाइ छ

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment