प्रहरीले राजधानीका दर्जनौं म्यानपावरमा छापा मार्दै

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी,काठमाडौं, १२ फागुन । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले काठमाडौं उपत्यकामा रहेका दर्जनौं म्यानपावर कम्पनीहरुको कार्यालयमा छापा मार्दैछ ।

व्यापक रुपमा ठगी र अवैध कारोबार भइरहेको गुनासो आएपछि विशेष सूचनाका आधारमा ति म्यानपावर कम्पनीमा शाखाले छापा मार्न लागेको हो ।

महाशाखाका प्रमुख तथा एसएसपी सर्वेन्द्र खनालले म्यानपावर कम्पनीमा छापा मार्न लागेको जानकारी दिए पनि कुन कुन कम्पनीमा छापा मार्न लागेको हो भन्ने बारेमा केही बताउन चाहेनन् ।

सरकारले तोकेको भन्दा बढी रकम असुलेको, नियम विपरीत कार्य गरेको, कामदारलाई विदेशमा अलपत्र पारेको लगायत कानुन विपरीत कार्य गरेका म्यानपावर कम्पनीमा छापा मार्न लागेको उनले जानकारी दिए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment