विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले दिए गच्छदारलाई निर्देशन

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १२ फागुन । ६ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भएको तारा एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

विमान हराएको खबर पाएलगत्तै उनले दुर्घटना प्रति दुःख व्यक्त गर्दै खोजी र उद्धार कार्यका लागि सक्रिय हुन कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई निर्देशन दिएका थिए ।
घोप्टेभीरको पुछारमा भेटियो तारा एयरको विमान,सवार सबैको मृत्यु :पर्यटनमन्त्री पोखरेल

यद्यपी अहिले विमान भेटिसकेको छ भने दुर्घटनामा परि ज्यान गुमाएका यात्रुहरुको उद्धार कार्यका लागि सुरक्षाकर्मी घटनास्थ तर्फ जाँदैछन् । टेलिफोनमा मार्फत प्रधानमन्त्री ओलीले कार्यवहाक प्रधानमन्त्री गच्छदार र र पर्यटनमन्त्री आनन्द पोखरेललाई सक्रिय रुपमा उद्धार गर्न भनेका छन् ।

प्रधानमन्त्रीले विमानमा यात्रारत यात्रुका परिवारका सदस्यलाई धैर्यधारण गर्न पनि आग्रह गरेका छन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment