अाइअोसीले भन्यो ‘मागको ७० प्रतिशत मात्र इन्धन दिन्छाैं’ -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ १२ फागुन । भारतीय आयल कर्पोरेसन (अाइअाेसी)ले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि मुलुकमा इन्धन सहज हुन अझै केही समय लाग्ने भएको छ ।

७० प्रतिशतसम्म मात्र पाउने भएपति नेपाल आय निगमले डिजेलको परिमाण घटाएर मागजति ग्यास र पेट्रोलियम दिन आईओसीलाई पत्राचार गरेको छ ।माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएको भन्दै आईओसीले निगमलाई माग जति इन्धन दिन नसकिने अनौपचारिक तवरबाट जानकारी गराएको हो ।

‘मागजति दिन नसकिने भनेपछि तत्कालका लागि डिजेलको परिमाण घटाएर पेट्रोल र ग्यासको परिमाण बढाउन खोज्दै छौं,’ मंगलबार संसदको उद्योग वाणिज्य तथा उपभोक्त समितिअन्तर्गत उपभोक्ता उपसमितिको बैठकमा निगमका निर्देशक दीपक बरालले भने ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment