सिके राउतबारे नेपाली सेनाको खतरनाक रिपोर्ट

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






काठमाडौँ,प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमण सुरु हुनु मात्र एक दिनअघि स्थलमार्गबाट सिके राउत र आकाश मार्गबाट बिजेपी नेता सुब्रमण्यम स्वामीलाई नेपाल पठाएर भारतले हार्दिकतामा कमी हुन नदिने र आशंका बाँकी नरहने संकेत दिएको पाइएको छ ।

जंगी अड्डामा अस्ति दिउँसो सम्पन्न जर्नेलहरुको बैठकमा सैनिक जासुसी विभागको तर्फबाट प्रस्तुत प्रतिवेदनमा राउत दिल्लीबाट उच्च मनोबलका साथ स्वदेश छिरेको विवरण छ भने मधेसी मोर्चाचाहिँ भावी आन्दोलनको स्वरुपबारे ‘पर्ख र हेर’को रणनीतिमा रहेको बताइएको छ ।
०४६ सालको परिवर्तनका निम्ति आन्दोलन सुरु हुनुअघि चन्द्रशेखरसँगै आएका स्वामी, राजा विरेन्द्रलाई अक्सफोर्ड युनिभर्सिटीमा पढाएका वरिष्ठ भारतीय नेता हुन् । फागुन ६ गते ३ घण्टाको निम्ति आएका उनले प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डसँग मात्र भेटघाट गरेका थिए ।
वकिल तथा पूर्वमन्त्री समेत रहेका उनको चासो दुई देशबीचको सम्बन्ध सुधार र मधेसीका मागको सम्बोधनमा केन्द्रित थियो ।
उता, झण्डै एक महिना भारत घुमेर सोही दिन सप्तरीमा झुल्किएका राउत भने आफ्नो सानो छोरालाई जनकपुरमा पढाइको बन्दोबस्त मिलाउन केही दिन व्यस्त हुने र त्यसपछि राष्ट्र विखण्डनकारी गतिविधिमा अझ सक्रिय हुने मनस्थितिमा देखिन्छन् ।

एकातिर स्वामीले हाम्रा नेताहरुलाई हिन्दू धर्मविरोधी तत्वलाई बढावा नदिन र भारत छाडी अन्य विकल्पतिर ध्यान केन्द्रित नगर्न सुझाएका छन् भने सडक दुर्घटनामा हिजोआज आफ्ना धेरै कर्मचारी मारिन थालेपछि चिन्तित सैनिक नेतृत्वले चाहिँ नेपाल–भारतबीच सम्बन्ध सामान्यिकरण हुनुमा आफ्नो समेत समन्वयकारी भूमिका र प्रयत्नको प्रशंसा गरेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment