चलचित्र ड्रिम्सका निर्माता/निर्देशक भुवन केसीले लाखौँ घोटाला गरेको आरोप (भिडियो)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं , १३ फागुन । नेपाली चलचित्रका सुपरस्टार भुवन केसीले लाखौँको घोटाला गरेको पाइएको छ । केसीको निर्देशनमा तयार भएको तथा अर्को साता रिलीजको तयारीमा रहेको चलचित्र ड्रिम्सको विषयलाई लिएर नायक केसीसँग सम्बन्धित लफडा सार्वजनिक भएको हो । चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने निर्माता रवि बस्नेतले भुवन केसीले आफुमाथी अन्याय गरेको भन्दै न्यायका लागी अपराध अनुसन्धान महाशाखा, सुचना तथा संचार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र चलचित्र विकास बोर्ड गुर्हान पुगेका छन् । निर्माता वस्नेतले यि ४ वटा निकायमा पेश गरिएको निवेदनमा आँफु ठगीएको भन्दै न्याय दिलाईदिन माग गरेका छन् । साथै उनले चलचित्र ड्रिम्सको प्रर्दशन रोक्न पनि माग गरेका छन् । चलचित्र ड्रिम्स यही फागुन २१ गते रिलिजको तयारीमा छ ।

चलचित्र ड्रिम्स होइन ड्रिम गर्लमा भएको थियो सम्झौता

रवि बस्नेत, सत्य नारायण बस्नेत र काजोल फिल्मस् प्रालीका संचालक भुवन केसी समेत ३ जना मिली २०७१ वैशाख १८ गतेका दिन नेपाली कथानक चलचित्र ड्रिम गर्ल निर्माण गर्ने सहमती भएको थियो । जस अनुसार उक्त निर्माणाधिन चलचित्र काजोल फिलिम्स र निर्देशक भुवन केसी रहने र मुनाफा पनि ३३ प्रतिशतका दरले वितरण गर्ने सम्झौता भएको थियो । चलचित्र छायांकनका क्रममा निर्माताहरु रवि, सत्य नारायण बस्नेत र केसी ३ जनाको नाममा विभोर विकास बैँकमा संयुक्त रुपमा खाता खोलीएको थियो । तर अचानक भुवन केसीले सुपर काजोलको व्यानरमा ड्रिम गर्ललाई परिवर्तन गरी ड्रिम्स नामाकरण गरेको निर्माता रविको आरोप छ ।

ड्रिम गल उर्फ ड्रिम्सका नाममा रविको २० लाख खर्च

चलचित्र छायांकनका क्रममा विभिन्न शिर्षकमा निर्माता रवि बस्नेतले चलचित्र ड्रिम गल उर्फ ड्रिम्सका नाममा १९ लाख ६० हजार रुपैयाँ खर्च गरेको बताए । रविले भुवन केसीका नाममा बिरगञ्जबाट ४ लाख नगद आइएमई मार्फत, पोखराबाट आइएमई मार्फत नै ५० हजार तथा सुटीगं अवधिभरको ४० दिनमा भएको खर्च गरी कुल १९ लाख ६० हजार खर्च भएको दाबी गरेका छन् । निर्माता रविले यसअघि चलचित्र घातक, अल्जेछ क्यारे पछ्यौरीको निर्माताका रुपमा काम गरिसकेका छन् ।

रविलाई हटाउनुको कारणबारे यसो भन्छन् भुवन

निर्माता रविलाई हटाउनुको कारण बारे मिडिया एनपीले प्रश्न गर्दा भुवनले यो आरोप सरासर झुठो भएको बताए । भुवनले चलचित्र ड्रिम्सका नाममा रवीसँग कुनै पनि सम्झौता नभएको दावी समेत गरे । भुवनले रविसँग अर्को चलचित्रका रुपमा ड्रिम गर्ल गर्ने सम्झौता भने भएको बताए । जुन ड्रिम्सको प्रर्दशन पछि छायांकन गरिने समेत उनले बताए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment