नायिका केकी र नायक सविनले गरे चितवनमा यस्तो तमासा

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





मिडिया एनपी, काठमाडौं, १३ फागनु । नायिका केकी अधिकार र नायक सविन श्रेष्ठले चितवनमा पुुगेर तमासा देखाएका छन् । उनीहरुले बेहुला बेहुुली बनेर रिक्सामा नारायणगढ बजार घुमेका छन् । चलचित्र ‘भाग सानी भाग’को स्थलगत प्रचारका क्रममा उनीहरुले यो तमासा देखाएको हो । पोखराबाट देशदौडाहमा निस्किएको फिल्म यूनिट चितवनबाट हेटौडा लागेको छ । केकी र विनका साथमा साथमा चलचित्रका निर्माता तथा संगीतकार चेतन सापकोटा, निर्देशक नवल नेपाल नाच्दैं तथा दौडदै प्रचारमा उत्रिएका छन् ।

नवल नेपालको लेखन र निर्देशनमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बनेका यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment