वेलायती राजकुमार ह्यारी नेपाल आउने मिति तय भयो

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १३ फागुन । बेलायती राजकुमार फ्रिन्स ह्यारीको नेपाल भ्रमणको मिति तय भएको छ । बिहीबार घोषणा गरिएको मिति अनुसार ह्यारीले आउँदो मार्चको २० देखि २३ तारिख (आउँदो चैत ७ देखि १० सम्म) सम्म नेपाल भ्रमण गर्नेछन् ।

यसअघि ह्यारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको भएपनि काठमाडौंस्थित बेलायती दूताबासले भने बिहीबार विज्ञप्ति जारी गरी मिति जानकारी दिएको हो ।

नेपाल भ्रमणका क्रममा ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । साथै उनले भूकम्प पीडितहरुलाई भेट्ने र उनीहरुको अवस्थाबारे जानकारी लिनेछन् ।

साथै उनले पोखरास्थित ब्रिटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । दूताबासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment