प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप : उपेन्द्र यादवले दिए देश ठप्प पार्ने चेतावनी (भिडियो सहित)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १३ फागुन । आन्दोलनरत मधेशी मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली माथि गम्भीर आरोप लगाउँदै मुलुक ठप्प पार्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले मुलुकको मर्यादा गिराउने काम गरेको गम्भीर आरोप लगाए । यादवले भने, ‘केपी शर्मा ओली भन्दा अरु कोही पनि रहेनछन् देशको मर्यादा गिराउने, विना बर्दी मधेशवासीले सीमाको रक्षा गरेका छन्। ’

प्रधानमन्त्री ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गरेका पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले आवश्यक तयारी नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए ।आफूहरुको माग सम्बोधन गर्ने गरी सरकारले ठोस कदम नचाले मुलुक ठप्प पार्ने चेतावनी दिएका उनले भने, ‘हिजो त वीरगञ्ज मात्रै बन्द थियो, सुनेन, अव नेपाल बन्द हुन्छ, उत्तर दक्षिण सबै बन्द गराउँछौं ।’

उत्तर र दक्षिण दुबै तीरका नाका अवरुद्ध गर्ने गरी हुने आन्दोलनमा मधेशी, पहाडी, हिमाली सबै क्षेत्रका नागरिक सहभागी हुने उनको भनाइ छ । देशभक्ती पूर्ण रुपमा हुने सो आन्दोलन शान्ति पूर्ण हुने दावी गर्दै यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिए ।

सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्न भन्दै गठन गरेको संयन्त्रमाथि शंका उनले व्यक्त गरेका छन् । उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति टिप्पणी गरेका यादवले संघीयता र गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको टिप्पणी गरे । साथै उनले भने, ‘यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिँदैन ।’

राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग अनुसार आफूहरुको माग सम्बोधन गरे मात्रै सकारात्मक वातावरण बन्ने उनको भनाइ छ ।
 uf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment