भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
मिडिया एनपी, काठमाडौं, १३ फागुन । भारतको उत्तर प्रदेशको केही ठूला शहरमा अनैतिक कार्यको अड्डामा अवयस्क (किशोरी) युवतीलाई राम्री र कामुक बनाउनका लागि खतरनाक ड्रग्सको इन्जेक्सन (सुई) दिने गरेको खुलेको छ ।
तीन–चार दिन लगातार सो इन्जेक्सन लगाएपछि ती किशोरीहरु यसको लतमा फस्ने गरेका छन् । यसको लत लागेपछि इन्जेक्सन बिना ती युवतीहरुको बाँच्ने सम्भावना कम रहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार छापेको छ ।
यो तथ्य आगराको रेड लाइट एरियाबाट प्रहरीले उद्धार गरेको किशोरीबाट बाहिर आएको हो । १५–१६ वर्षकी किशोरीलाई यस्ता ड्रग्सको इन्जेक्सन दिनेक्रम जारी रहे २०–२२ वर्षको उमेरमा पुग्दा उनीहरुको हड्डी कमजोर हुने चिकित्सकहरुले बताएका छन् । साथै अन्य विभिन्न स्वास्थ्यमा समस्या देखा पर्नेछ
0 comments:
Post a Comment