तारा एयरको विमान दुर्घटना: २३ मध्ये २० को शव पोखरामा, ५ को सनाखत -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस








विजय नेपाल, पोखरा, १३ फागुन – म्याग्दीको सोलीघोप्टे भीरमा भएको तारा एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएको २३ मध्ये २० को शव पोखरा ल्याइएको छ । ३ को शव दुर्घटनास्थलबाटै मुस्ताङ लगिएको छ ।

प्रहरीका अनुसार हालसम्म ५ को शव पहिचान भएको छ । पहिचान भएकामध्ये मुस्ताङ जिल्ला विकास समितिका पूर्वसभापति कृष्ष्णलाल भट्टचन, विनिता भट्टचन र उनका ३ महिने छोराको शव मुस्ताङ लगिएको छ ।



पोखरा ल्याइएको २० मध्ये पोखरा मासबार घर भएका जिल्ला प्रशासन कार्यालय मुस्ताङमा कार्यरत नासु रेवती बरालको र विमानका वरिष्ठ पाइलट रोशन मानन्धरको शव पहिचान भएको छ ।

पहिचान भएका शव शव पोष्टमार्टपछि आफन्तको जिम्मा लगाइने र सनाखत हुन नसकेका शव डिएनए परीक्षणका लागि काठमाडौ लगिने वरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले जानकारी दिए ।

शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । अस्पताल परिसरमा आफन्त तथा परिवारजनको रुवाबासी छ ।

पोखराबाट जोमसोमका लागि उडेको ९एन–एएचएच कलसाइन भएको ट्वीनेटर विमान म्याग्दीको दाना गाविस–१ को सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।

प्रहरी, सेना तथा स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी एयर डाइनाष्टिकबाट दिउँसो २ बजे पोखरा विमानस्थल ल्याइएको थियो । मौसम खराबीले उद्दारमा कठिनाइ भएको सुरक्षाकर्मीले जनाएका छन् ।
 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment