सनसनी पूर्ण खबर :- प्लेन पहाडमा नाठोकिदै कसरि झरे खसे यात्रु पहिले नै ? -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






तारा एअरको जहाज दुर्घटनामा निधन भएकाको शव राजधानी ल्याउने प्रयासमा आज बिहानैदेखि सुरक्षा निकाय पुनः सक्रिय भएको छ ।
शवहरु अप्ठेरो भिरमा यत्रतत्र छरिएको र अत्याधिक चिसोका कारण हिजो उद्धारकार्य रोकिएको थियो । आज बिहानैबाट पुनः उद्धारकार्य सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्मीका डिउसपी विश्वराज खड्काले जानकारी दिए ।
घटनास्थलमा अञ्चल प्रहरी कार्यालय धौलागिरिका प्रमुख एसएसपी छबिलाल जोशी, नेपाली सेनाको मुस्ताङ घाँसाबाट मेजर सूर्य सिंखडा नेतृत्वमा गएको टोली र सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतबाट डिएसपी बलराम लामिछाने नेतृत्वमा गएको टोली उद्धारमा खटिएको छ ।
खड्काका अनुसार दुर्घटनास्थलमा १९ वटा मात्र शव फेला परेका छन् । चारवटा शव भने सोलीघोप्टे भीरको बीचैमा अड्किएको देखिएको उनले बताए । ती शव जहाजको ढोका खुलेर भीरमै खसेको हुन सक्ने अनुमान गरिएको छ ।
पोखराबाट जोमसेम उडेको तारा एअरको बिमान बुधबार बिहान म्याग्दीको दाना गाविस–२ सोलीघोप्टे भीरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीनसहित २३ को ज्यान गएको थियो । खड्काले डाइनेस्टिक एयरको जहाजमार्फत शव राजधानी पठाइने जानकारी दिए ।
काठमांडू टुडे बाट

 puf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment