मधेशमा आन्दोलन रोक्न ल्याएका सशस्त्र प्रहरी जवानको अचानक मृत्यु

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






मधेश आन्दोलन तीब्र भएको बेला आन्दोलन नियन्त्रणका लागि जलेश्वर ल्याएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।विहीबार विहान करिब १२ः४० मा ओखलढुङ्गा भदौरे वडा ९ घर भई हाल सशस्त्र प्रहरी बल जिल्ला शुरक्षा बेश जलेश्वरमा कार्यरत २७ वर्षीय प्रहरी जवान खेल बहादुर गुर्मछाने मगरको मृत्यु भएको छ ।क्याम्पको गेटमा डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएको उनको मृत्यु भएको हो । उपचारका लागी शान्ति कम्यूनिटी अस्पताल जलेश्लरमा लग्दा डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हाल उहाको शव पोष्टमार्टको लागी जलेश्वर अस्पतालमा राखिएको छ ।विगत ४ वर्षदेखि सशस्त्र प्रहरीमा जागिरे गुर्मछाने उदयपुरवाट केहि महिना पहिले धनुषा आएका थिए । विल्लाधार तालिमको लागि छिन्नमस्ता गण वर्दिवासको माईस्थानमा उनलाई पठाईएको थियो ।आन्दोलनको समय जलेश्वरमा अवस्था तनावग्रस्त भएपछि उनलाई तत्काल जलेश्वर ल्याईएकोमा यो सातामै पुनः गणमा तालिमको लागि फर्कने योजना रहेको अवस्थामा उनको मृत्यु भएको स्रोतले जनाएको छ । न्युज २४ बाट

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment