अपडेट : वेपत्ता तारा एयरको विमानको खोजीकार्य जारी, मौसमा आएको खराबीले कठिनाइ -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, फागुन १२ काठमाडौँ । बुधबार विहान ७ बजेर ४७ मिनेट जाँदा पोखराबाट ३ जना चालक दलका सदस्य सहित २३ यात्रु लिएर जोमसोमका लागि उडेको बेपत्ता भएको तारा एयरको विमानको खोजीकार्यलाई तीव्रता दिइएको छ ।
यद्यपी यसअघि म्याग्दीको रुफ्चेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जानकारी दिएपनि त्यसको पनि पुष्टि हुन सकेन । दानाको काभ्रेस्थित सोलेघोप्टे र दानाको रुप्से छहरामाथि गुगीखर्क भन्ने ठाउँमा आवाज सुनिएको भन्ने आधारमा विमान भेटिएको भन्ने सूचना बाहिर प्रवाह भएको थियो । यद्यपी अहिले ती दुवै ठाउँमा खोजीका लागि प्रहरी र सेनाको टोली परिचालन गरिएको छ ।
म्याग्दी र मुस्ताङको दानास्थित सीमा क्षेत्रमा जहाज हराएको हुनसक्ने आशंकामा नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरले खोजी गरिहेका छन् । यसैगरी म्याग्दी, मुस्ताङ र पर्वतका सुरक्षा निकाय समेत खोजी कार्यमा जुटेका छन् । तर, मौसममा आएको खराबीले भने खोजीकार्यमा असर गरेको छ । बिहान केहीबेर पानी परेको सो क्षेत्रको आकाश धुम्मिएको छ ।
विमानमा सवार चालक दलका सदस्य सहित २३ यात्रुको नामावली
१. रोशन मानन्धर (पाइलट)
२. विकेश मेनपुल (कोपाइलट)
३. रमा रावल (एयर होस्टेज)
४. बिमानमा रेवती बराल
५. मुक्तिनाथ बास्कोटा
६. बिनता भट्टचन
७. कृष्णलाल भट्टचन
८. दिलकुमारी गौचन
९. देवीजंग गुरुङ
१०. फेनजोङ गुरुङ
११. लक्ष्मी हिराचन
१२. मोतीबहादुर केसी
१३. पवित्रा केसी
१४. लेम्साङ लामा
१५. बालकृष्ण नेउरे
१६. कान्छा परियार
१७. डोल्मा तेन्जिङ शेर्पा
१८. राजकुमार तामाङ
१९. कमला थकाली
२०. कुवेतका नागरिक म्याक्ससु वाइन्जी
२१. चिनियाँ नागरिक अहमदा रालशेद
र अन्य दुई जना बालबालिका यात्रुको नाम नखुलेका छैन

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment