जुडो तर्फ पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरियो (भिडियो सहित) -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १२ फागुन । हालै भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा जुडो तर्फ पदक विजेता खेलाडी, जुडो प्रशिक्षक तथा व्यवस्थापकलाई मंगलबार नगद सहित सम्मान गरिएको छ । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा मंगलबार आयोजित कार्यक्रममा नेपाल जुडो संघले उनीहरुलाई नगद सहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा स्वर्ण पदक विजेता फपु लामु खत्री, रजत पदक विजेता लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान र कास्य पदक विजेता सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, रमेश मगर र शिव बहादुर बराम रहेका छन् ।

स्वर्ण पदक विजेता खत्रीलाई ५० हजार तथ रजत पदक विजेताहरुलाई जनही ३० र कास्य पदक विजेताहरुलाई पनि जनही २० हजार रुपैयाँ सहित संघले सम्मान गरेको हो ।
यस्तै, प्रशिक्षकद्वय दलबहादुर गुरुङ्ग र ईन्द्र डंगोललाई जनही २० हजार रुपैयाँ र व्यवस्थापक देवु थापा र गंगा बहादुर खड्कालाई जनही १५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।

सोही कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले आफ्नो व्यक्तिगत तर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई करिव १ लाख ४ हजार रुपैयाँ बराबरको कार्पेट प्रदान गरेका छन् । बज्राचार्यले कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव केशव कुमार बिष्टलाई पनि मायाको चिनो स्वरुप कार्पेट प्रदान गरेका छन् ।

सदस्य सचिव बिष्टले फुटबलले स्वर्ण पदक प्राप्त गर्दा राष्ट्रले खुसी मनाएता पनि सवै खेल समान रहेको बताए । फुटबल खेलाडीलाई सम्मान सहित शहर परिक्रममा गराउँदा अन्य खेलमा पदक विजेतालाई बेवास्ता गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो ।

सो कार्यक्रममा यसको बचाउ गर्दै सदस्य सचिव विष्टले सागमा प्राप्त पदक नेपालका लागि उपहार भएको भन्दै फुटबलले स्वर्ण पदक प्राप्त गर्दा राष्ट्रले खुसी मनाएता पनि सवै खेल समान रहेको बताएका हुन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment