अन्तराष्ट्रिय फुटबलमा ३ ह्याट्रिक सहित ११ गोल गरेका नवयुग श्रेष्ठ हवल्दारमा बढुवा

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दार बनेका छन्। उनी अमल्दारबाट बढुवा भई हवल्दार बनेका हुन्। श्रेष्ठले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गरेका थिए।


बंगबन्धु कप र साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो।

उनी मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत छन्। गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फूली प्रदान गरे।

यसैबर्ष अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले दुई प्रतियोगितामार्फत तीन ह्याट्रिक सहित ११ गोल गरेका छन्। त्रिभुवन आर्मी क्लबबाट २०६८ साल देखि नै ए डिभिजन फुटबल खेलिरहेका छन्।





भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment