करिश्मामाथि राजनीतिक हिंसा गरेको भन्दै प्रचण्डलाई माफी माग्न बाबाुरामको ध्यानाकर्षण

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमानडौं, २० फागुुन । डा. बाबुराम भट्टराईसँग नायिका करिश्मा मानन्धरको नाम जोडेर एमाओवादी अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रतिको ढिलो आएर बाबुरामले प्रतिकृया जनाएका छन् । प्रचण्डले जनयुद्धकालमा केही मिडियाले आफ्नो नाम करिश्मासँग जोडेको विषय उल्लेख गर्दै करिश्मासँग आफ्नो नभएर डा. बाबुराम भट्टराइको सम्बन्ध रहेको पुष्टि भएको अभिब्यक्ति दिएका थिए । सोही विषयलाई लिएर भट्टराईको नयाँ शक्ति नेपालले गम्भिर ध्यानाकर्षण भएको भन्दै बुुधबार विज्ञप्ती जारी गरेको छ ।

नयाँ शक्ति मार्फत राजनीतिमा प्रवेश गरेकी करिश्माका बारेमा प्रचण्डले दिएको उक्त अभिव्यक्ति महिलामाथि गरिएको राजनीतिक हिंसा भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ‘सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।’

पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति खेद व्यक्त गर्दै सम्बन्धित व्यक्तिहरुलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिल समेत गरिएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment