त्रिभुवन विमानस्थलमा गोमाको विमान चरासँग ठोक्कियो- पाइलटले आकस्मिक अवतरण गराय -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

फागुन, काठमाडौं । गोमा एयरको कल साइन ९एन-एकेजेड विमान दुर्घटनाबाट बचेको छ । विहान ८ बजेर ४६ मिनेटमा काठमाडौंबाट लुक्ला उडेको विमानमा चरा ठोकिएको हो । विमान धावनमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गराए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजमा ९ जना यात्रुहरु रहेका थिए ।

‘धावनमार्गमा चराहरु देखिएपछि उड्नै लागेको हाम्रो विमानलाई होल्ड गराइयो, सिकारीले चरा हटाएको टावरलाई जानकारी गराएपछि हामीलाई उड्न निर्देशन दिइएको थियो’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘जहाज धावनमार्गबाट टेक अफ गर्न नपाउँदै चरा ठोक्कियो ।’

अरु चरा उडेपनि चारवटा चरा धावनमार्गमै रहेछन् । जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेका छौं, उहाँहरुको प्रमिसन पाउनासाथ कुच्चिएको भाग मर्मत गरेर जहाज उडाउँछौं’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘आज जहाज मर्मत गरेर उडाउन भ्याइँदैन होला, भोलीसम्म मर्मत गरेर जहाज उडाउने योजना बनाएका छौं ।’

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment