भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
 |

एक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनजाती नेता आङकाजी शेर्पाले ‘नयाँ शक्ति’ प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई जोडेर दिएको अभिव्यक्तिविरुद्ध नयाँ शक्तिले खेद प्रकट गरेको छ ।प्रचण्डले एक कार्यक्रममा सशस्त्र द्वन्द्वकालमा करिश्मा मानन्धरको नाम आफूसँग जोडिने तर अहिले बाबुराम भट्टराईसँगचाहिँ करिश्माको सम्बन्ध पुष्टी भएको बताएका थिए ।सोही विषयलाई लिएर नयाँ शक्तिकाे महिला विभागले जारी गरेको प्रेस विज्ञप्तीमा प्रचण्ड र आङकाजीको अभिव्यक्तिलाई अराजनीतिक र गैर जिम्मेवारको संज्ञा दिँदै गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।विज्ञप्तीमा भनिएको छ,‘राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकारको उपयोग गर्दै नयाँ शक्ति नेपालमा आवद्ध हुनुभएकी सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टीकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं । पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति हामी खेद व्यक्त गर्दछौं ।’साथै विभागले सम्बन्धित व्यक्तिहरुलाई सार्वजनिक रुपमा माफी मागेर राजनीतिक संस्कार देखाउनसमेत अपिल गरेको छ ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment