मोटरसाइकल र ट्रक ठोक्किँदा दुई युवकको मृत्यु

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



कोहलपुर–कोहलपुर–नेपालगन्ज चारलेन सडकखण्डको गनापुर प्रिपहवा चोकमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे५प ७८०७ नम्बरको मोटरसाइकलले पूर्वबाट सडक पार गरी पश्चिम जाने क्रममा नेपालगन्जबाट कोहलपुरतर्फ आइरहेको ना ३ ख ९२७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा कपिवलस्तु कृष्णनगर–५ को २२ वर्षीय श्यामलाल गुप्ता र नेपालगन्ज–५ का २५ बर्षीय अनिल नेपाली रहेका छन्। ट्रक ठक्करबाट गम्भीर घाइते गुप्ता र नेपालीको प्रहरीले उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार्थ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकलले एक्कासी सडक क्रस गर्दै गर्दा विपरित दिशाबाट तीव्र गतिमा आइरहेको ट्रकले ठक्कर दिएको थियो।

ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा सवार गुप्ता र नेपाली गनापुरमा रहेको आफू कार्यरत उद्योगमा जाँदै थिए। कोहलपुर–नेपालगन्ज चारलेन सडक विस्तारपछि जेब्राक्रसको प्रयोग गर्न नजान्दा दुर्घटना बढिरहेका छन्।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment