आइतबार विहानदेखि सबै पम्पबाट इन्धन वितरण

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौँ २० फागुन । आइतबारबाट पम्पबाट विहानदेखि इन्धन वितरण आयल निगमले निवेदनका आधारमा डिपोबाटै ठुलो मात्रामा इन्धन जथाभावी वितरण गरेको र पम्पहरुबाट पनि अपारदर्शी रुपमा वितरण भएकाले यसलाई सुधार गर्नुपर्ने पनि गृहमन्त्रालयको निष्कर्ष छ । अबदेखि पम्पहरुलाई बेलुकाको समयमा इन्धन वितरण गर्न नदिने र पम्पबाट वितरण हुने इन्धनको सबै विवरण राखिने गृह मन्त्रालयका प्रवक्ता यादब कोइराला कोइरालाले बताए ।

‘पम्पहरुबाटै बदमासी भएको आशंकामा बिहान ८ बजेदेखि मात्र उपत्यकाका पेट्रोल पम्पलाई इन्धन वितरण गराउने लगाउने निर्णय भएको छ,’ कोइरालाले भने,‘पम्पको डिप चेक गरेर मात्र अब इन्धन वितरण गर्न लगाइन्छ ।’ आइतबारदेखि उक्त निर्णय लागू गरिने कोइरालाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

आइतबारदेखि प्रहरीको पम्पबाट २४ घन्टा इन्धन गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आइतबारदेखि आफ्नो पेट्रोलपम्पबाट २४ घन्टा इन्धन दिन निर्देशन दिएको छ । सर्वसाधारणको सहजताका लागि जुनसुकै वेला इन्धन वितरण गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए । उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई–दुईवटा पेट्रोलपम्प छन् । नेपाल प्रहरीको नक्साल र सामाखुसी तथा सशस्त्र प्रहरीको हलचोक र भक्तपुरमा सशस्त्रको पम्प छ । आयल निगमसँग आवश्यकताअनुसार इन्धन लिएर प्रहरीका पम्पबाट २४ घन्टा वितरणका लागि गृहले निर्देशन दिएको हो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment