यसरी काँग्रेसको योगदानको प्रशंसा गरे प्रधानमन्त्री ओलीले -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएकामा जोड दिए ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चाहने बताए ।



‘लोकतान्त्रिक संविधानमार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छँ, ओलीले भने ।

अध्यक्ष ओलीले नेपाल हिमाल, पहाड, तराई, १२५ जनजाति, १२३ भन्दा बढी भाषाभाषी भएको देश, पूर्वदेखि पश्चिमसम्म विभिन्न व्यापार, व्यवसाय र संस्कृति अपनाएको देश भएको चर्चा गर्दै सबै भाषा, जाति र पेसालाई सम्मान गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसले असाधारण योगदान दिएको चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले धेरै मिहिनेत, पसिना बगाएको, धेरै जुक्ति खियाएको र बलिदान गरेको धारणा राखे । ‘लोकतन्त्र प्राप्तिको आन्दोलन तथा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन काँग्रेसको योगदान उच्च रहेको छ’, उनले भने ।

- See more at: http://www.lightnepal.com/3724#sthash.9gq9qh2q.DG8OffAY.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment